ज्योतिषशास्त्र

प्रत्येक विहान यी कामहरु गर्नुहोस् चम्किनेछ भाग्य

प्रत्येक विहान यी कामहरु गर्नुहोस् चम्किनेछ भाग्य ! यदि कोही व्यक्तिको कुण्डलीमा ग्रह सम्बन्धी कोही दोष भएमा भाग्यले साथ नदिने विश्वास गरिन्छ । कुण्डलीको दोषबाट टाढा रहनका लागि ज्योतिषले कैयौ उपायहरु बताउने गर्दछन् । ज्योतिषले बताएका उपाय अपनाउदा निकट भविष्यमा सकारात्मक फल मिलने सम्भावना बढ्ने विश्वास गरिन्छ ।

शास्त्रमा पत्नीलाई पतिको आधा अंग मानेर पत्नीलाई अर्धागिनी भन्ने गरिन्छ । पत्नीले पुजा पाठ गर्दा त्यसको पुण्य पतिलाई पनि मिल्ने विश्वास गरिन्छ । ज्योतिषले केही यस्ता उपाय बताएका छन् । जुन उपाय स्त्रीले अपनाउदा उनका पतिको दुर्भाग्य हटेर भाग्यले साथ दिने विश्वास गरिन्छ ।

महालक्ष्मीको कृपाविना पैसासँग सम्बन्धीत कुनै पनि काम राम्रोसँग पुरा हुँदैनन् । जुन व्यक्तिमाथि लक्ष्मी माताको कृपा रहन्छ, त्यस्ता व्यक्तिलाई कहिलै धनको कमी हुँदैन् । लक्ष्मी माताको कृपा पाउनका लागि केही प्रकारका उपायहरु छन् । ती उपाय अपनाउदा लक्ष्मी माताको कृपा मिल्ने ज्योतिषशास्त्रमा बताईएको छ । शास्त्रमा स्त्रीलाई महालक्ष्मीको रुप मानिएकोले गर्दा कोही महिलाले पुजा पाठ गर्दा त्यसको फल पति सहित पुरै परिवारलाई मिल्ने विश्वास गरिन्छ ।

पूजा विधि

शास्त्र अनुसार विहान विहान महालक्ष्मी पृथ्वी भ्रमणमा निस्किने गर्छिन् । यस क्रममा जुन घरमा सरसफाई र पवित्रताको पुरै ध्यान राखिन्छ त्यो घरमा लक्ष्मीले बास गर्ने विश्वास गरिन्छ । त्यसैले विहान पुरै घरको सफाई गर्नु पर्दछ। स्नान आदि कर्म पश्चात सफा वस्त्र लगाएर घरको मन्दिरमा पुजा गर्नु पर्दछ । पुजामा तामाको भाँडोमा पानी भरेर राख्नु पर्दछ । पुजापछि उक्त भाँडोमा राखेको जल अशोकको पातले घरको मुख्य द्वारमा तथा पुरै घरमा छिट्नु पर्दछ । त्यसपछि तुलसीमा एक भाँडो जल चढाउनु पर्दछ । त्यसपछि भगवानसँग दु:ख पीडा कम गर्ने प्रार्थना गर्नु पर्दछ ।

यो पनि पढ्नुहोस् 

विहान उठेर यी कामहरु लागु गरेमा तपाईको जीवन सफल हुनेछ

विहान उठेर हत्केलाको दर्शन गर्नाले दिन नै शुभ हुन्छ

विहान उठ्ने वित्तिकै यी ५ चिज देखियो भने दिन नै शुभ हुन्छ

विहान उठेर यी कामहरु कहिल्यै नगर्नुस्

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!