धर्म-सस्कृति

हिन्दू धर्म संस्कृतिमा सबैको कल्याण

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपालीहरू बेरोजगार मेटाउन धर्म परिवर्तन गर्न चाहन्छन् भने विदेशीहरू खुसी साटासाट गर्न धर्म परिवर्तन गर्दछन् । यहाँ फरक यति नै छ । आज नेपालमा विदेशी नागरिकहरू हिन्दू धर्म सवैभन्दा राम्रो भन्दैछन् । तर नेपालीहरू धर्म परिवर्तन गरेर स्वाङ देखाउछन् यो आफैमा राम्रो देखिएको छैन । नेपाली धर्म संस्कृति हरेक धर्मको तुलनामा राम्रो छ यसले कुनै भेदभाव नगरी सवै धर्म संस्कृतिलाई समान स्थान दिन सफल देखिएको छ ।

धर्म संस्कृतिमा लोभ-लालच गर्नु राम्रो होइन यसले आपसी प्रेम भावना खलल पुराउन सक्ने देखिएको छ । धर्म भनेको आफ्नो बाबु बाजेले मान्दै आएको परम्परा हो यसको जगेर्ना गर्नु हरेक नेपालीको नैतिक दायित्व हो । धर्म संस्कृतिले आपसमा जोड्ने काम गर्छ भने धर्म संस्कृति नमान्नाले फुट पैदा गराउन थाल्दछ । विश्वको सवैभन्दा पुरानो धर्म भनेको हिन्दू धर्म हो यो कसैले नकार्न सक्दैन । यो धर्म सवैभन्दा पवित्र छ ।

कुनै पनि धर्म मान्नुस धर्म संस्कृति मान्ने तरिका मात्र भिन्द हुन सक्छ तर जग सवै एउटै हो । आज हामीले परधर्म अगाल्दै हिड्छौं भने यसमा स्वार्थ छिपेको हुनाले मानिसलाई गलततर्फ उनमुख गराउदै लग्ने छ । अब हामीले धर्मको जग बलियो बनाउदै विदेशीलाई समेत यो धर्ममा प्रवेश गराउन सकेको खण्डमा धेरै राम्रो हुनेछ । विश्वमा स्वार्थमा नडुबेको धर्म भनेकै हिन्दू धर्म हो यो जस्तो चोखो धर्म अरू हुनै सक्दैन ।

*यो लेखकको निजी नितान्त विचार हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

धर्म संस्कृति किन आवश्यक छ ?

धर्म संस्कृति र यसको महत्व

धर्मको आस्था जगाउ र बलियो बनाउँ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!