उर्जाराष्ट्रिय समाचारसमाचार

वैकल्पिक ऊर्जा विकासमा केन्द्रसँग प्रदेशको सम्झौता

१९ पुस, हेटौडा । प्रदेश स्तरमा ऊर्जाको माग र आपूर्ति व्यवस्थापन तथा ऊर्जा परियोजनाको विकास र विस्तार गर्न प्रदेश सरकारले केन्द्रसँग सम्झौता गरेको छ । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र तथा प्रदेश नं ३ को भौतिक पूर्वाधार विकास मन्त्रालय बीच प्रदेशको ऊर्जाको विकास र विस्तारमा सहकार्य हुने भएको छ ।

प्रदेशमा नवीकरणीय तथा वैकल्पिक ऊर्जा प्रविधिको विकास तथा विस्तार गरी ग्रामीण जनतामा ऊर्जाको पहुँच पु¥याई गरीबी निवारण गर्ने गतिविधिमा टेवा पुर्याउन प्रभावकारी हुने हुँदा केन्द्रसँग सहकार्य गरेर अगाडि बढ्न लागिएको हो । ग्रामीण तथा बजार क्षेत्रमा ऊर्जाको विस्तार, ऊर्जामा आधारित लघु उद्योग स्थापना र साना पूर्वाधार निर्माणको माध्यमबाट ग्रामीण क्षेत्रको ऊर्जा अभाव कम गर्न दीर्घकालीन कार्यक्रमका लागि साझेदार बन्न सहमत भएको सम्झौता पत्रमा उल्लेख छ ।

सम्झौता कार्यान्वयनपछि केन्द्रले वैकल्पिक ऊर्जा क्षेत्रमा आवश्यक र उपयुक्त नवीकरणीय ऊर्जाका प्रविधि लघु तथा साना जल विद्युत्, सौर्य ऊर्जा, बायोग्यास, जैविक ऊर्जा, वायु ऊर्जा आदिको पहिचान, सम्भाव्यता अध्ययन, कार्यान्वयनलगायतको क्षेत्रमा सहयोग गर्ने एवं वैकल्पिक ऊर्जामा कर्जा प्रवाहका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषमार्फत वित्तीय व्यवस्था गर्नसमेत सहयोग गर्ने सहमति भएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply