खानपानहेल्थ टिप्स

गोलभेडाका फाइदाहरू

गोलभेडामा प्रोटीन, भिटामिन, खनिज र फाइबर प्रसस्त मात्रामा पाइन्छ । यसमा भिटामिन A भिटामिन C र भिटामिन K को राम्रो स्रोत मानिएको छ । यसमा भिटामिन E, थायमिन, रिबोफ्लेविन, नियासिन, भिटामिन B6 र फोलेट मानव स्वास्थ्यमा चाहिने आवश्यक सवै भिटामिन रहेको छ ।

मानव स्वास्थ्यका लागि चाहिने आवश्यक तत्व यसमा छ । गोलभेडामा पोटेशियम, आयरन, कापर, मैग्नीशियम, फास्फोरस र जिंग जस्ता आवश्यक लवणहरू पाइन्छ । गोलभेडामा लाइकोपीन, बीटा केरोटीन, क्लोरोजेनिक एसिड जस्ता एंटीआक्सीडेंटले क्यान्सर र हृदय रोग जस्ता रोगमा राम्रो भुमिका खेलेको छ ।

हामीले गोलभेडालाई अचारको रूपमा बढी प्रयोग गर्छौं । गोलभेडा प्रायजसो घरको भान्सामा हुने गरेको पाइन्छ । गोलभेडामा प्रशस्त मात्रामा कैल्सियम, फास्फोरस र भिटामिन सी पाइन्छ । एसिडिटीको समस्यामा गोलभेडा सेवन गर्नाले फाइदा गर्दछ । गोलभेडामा साइट्रिक एसिड र मैलिक एसिड पाइने भएकाले एंटासिडको काम गोलभेडाले गर्दछ ।

गोलभेडामा भिटामिन ए पनि पाइने भएकाले आँखाको लागी पनि गोलभेडा उपयोगी छ । हामीले गोलभेडालाई सलादको रूपमा खाने गर्छौं । आजकाल लोकल गोलभेडा कम विकासी गोलभेडा बढी हुनाले स्वास्थ्यमा कम फाइदा हुन सक्ने अनुमान गरिएको छ । हामीले खाने हरेक वस्तुमा बिषादी प्रयोग बढी हुने हुनाले हाम्रो स्वास्थ्यमा फाइदा हुनुको सट्टा नोक्सान हुने गरेको छ ।

गोलभेडाको उपयोग कसरी गर्ने

१. गोलभेडा छालाको लागी ठूलो औषधि सावित भएको छ । गोलभेडा अनुहारमा दल्नाले कालो पपति निको हुन्छ ।

२. गोलभेडा फेसमा चिलियो पना भएमा हटाउने काम गर्दछ । गोलभेडामा काक्रोको रसमा मिलाएर फेसमा दल्नाले चिलियो पना हटाउने काम गर्दछ ।

३. पेटमा जुका चुर्णा पर्दा गोलभेडा मा थोरै हींङ राखेर खान दिनाले सवै जुका मार्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढनुहोस्

किन आवश्यक छ प्रोटिन शरीरलाई ?

टुसा पलाएका गेडागुडीमा भिटामिन बढी किन हुन्छ ?

शरीरमा प्रोटिन कम हुँदा के के हुन्छ ?

बुद्धि बढाउने खाद्यान्न तथा फलफूलहरू के के हुन् ?नसा च्यापिने समस्या र यसको उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!