खानपान

मानिसलाई भिटामिन किन आवश्यक छ ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानिसलाई भिटामिन किन आवश्यक छ ? कमजोर भएमा के खाने के नखाने भन्नेबारे जान्न आवश्यक छ । कमजोर शरीर रोगको घर भन्ने उखान हामीले सुन्दै आएका छौं । कुनै पनि औषधि सेवन गर्दा पौष्टिकतत्वको अभावमा एउटा रोग ठिक भएपनि अर्को रोग लाग्ने सम्भावना बढी हुन सक्छ । हामीले हमेसा स्वास्थ्यलाई ध्यानमा नराख्नुको कारणले अनेकौं रोग लाग्ने गरेको पाइन्छ । रोगको प्रमुख कारण भनेकै कमजोर शरीर हो । अप्राकृतिक भिटामिनले क्षणिक ताकत दिएपनि स्थायी फाइदा नहुनाले मानिस झन कमजोर हुदै जान थाल्दछ ।

भिटामिन हामीलाई प्रकृतिले दिएकोमा हामीले प्रयोग गर्न नजान्दा आज अनावश्यक औषधिमा हाम्रो पैसा खर्च भएको छ । मानिसलाई चाहिने धेरै भिटामिनहरू छन् जसलाई हाम्रो शरीरले आफै बनाउन सक्दैन । हाम्रो शरीरले न बनाउन सक्ने भिटामिनहरू कुनै अरु माध्यमबाट हाम्रो शरीरलाई चाहिन्छ, वस्तुत: भोजनको माध्यमबाट चाहिन्छ । एउटा छोटो समयको लागि एउटा निश्चित भिटामिनको कमी सामान्यत: कुनै समस्या होईन, यसको लागि हाम्रो शरीरले केही भिटामिनहरू शरीरभित्रै छोटो समयको लागि बचाएर राख्न सक्दछ । जब आवश्यक भिटामिन लामो समयको लागि हाम्रो शरीरलाई उपलब्ध भएन भने हामीलाई बिभिन्न प्रकारका रोगहरू लाग्न सक्छन । आउनुस् जानौं कुन भिटामिन के बाट प्राप्त गर्न र के के काममा कुन भिटामिन आवश्यक छ ।

यो पनि पढ्नुहोस्

भिटामिन डी र यसको महत्व

माहामारी बन्दैछ, भिटामिन डी को कमी

भिटामिन ‘डी’ के सुर्यको किरणसंगै आउछ त?

टुसा पलाएका गेडागुडीमा भिटामिन बढी किन हुन्छ ?

१. भिटामिन ‘ए’ (भिटामिन ‘ए’का स्रोतहरू)

आँखा तथा हड्डीहरूका लागि भिटामिन ए अत्यन्त आवश्यक तत्व हो । दुध, सखरखण्ड, गाजर, ब्रोकाउली, तरबुजा, मेवा, आँप आदिमा भिटामिन ए बढी मात्रामा पाइन्छ ।

२. भिटामिन ‘के’ ( भिटामिन ‘के’का स्रोतहरू)

भिटामिन ‘के’ले ब्लड क्लटिङ हुनुबाट बचाउँछ । पालक, हरिया साग, सोयाबीनको सेवनबाट शरीरमा यसको आपूर्ति हुन्छ ।

३. भिटामिन बी ६ (भिटामिन बी ६ का स्रोतहरू)

इम्यून सिस्टमलाई बलियो तुल्याउन भिटामिन बी ६ को आवश्यकता पर्दछ । यदि यस भिटामिनको कमी भएर समस्यामा परिएको छ भने सिमी जातका तरकारी, बदाम , अण्डा, माछा, अन्न एवम् आलुमा जोड दिनुपर्दछ ।

४. भिटामिन बी १२ (भिटामिन बी १२ का स्रोतहरू)

शरीरमा रगतको मात्रा बढाउन एवम् दिमागलाई सही तवरले सञ्चालनमा राख्न भिटामिन बी १२ निकै सहयोगी हुन्छ । मटन, चिकन, दुध, दही, पनिर, अण्डा जस्ता खानेकुरामा भिटामिन बी १२ प्रचुर मात्रामा पाइन्छ ।

५. भिटामिन सी ए (भिटामिन सी ए का स्रोतहरू)

पुरुषका हड्डीहरू, मसल्स, नर्व एवम् हर्टको बलिष्टशाली बनाउन भिटामिन सी ए आवश्यक पर्छ किनकि यी खानेकुराहरू क्याल्सियमका ठूला स्रोत हुन् । दुध, माछा, बदामको सेवनबाट यसको परिपूर्ति हुन्छ ।

Like & Follow us on Facebook

६. भिटामिन डी (भिटामिन डी का स्रोतहरू)

बढ्दो उमेरको प्रभाव कम गर्नको लागि भिटामिन डी आवश्यक पर्छ । यो भिटामिनले हड्डी पनि मजवुत बनाइदिन्छ । माछा, दुध, पनीर यस भिटामिनका महत्वपूर्ण स्रोत हुन् ।

नोट : उल्लेखित खानेकुराहरू मात्रा मिलाएर दिनहुँ लिएमा यथोचित मात्रामा शरीरले आवश्यक भिटामिन पाइरहन्छ र मानिस स्वस्थ रहन्छ । कुनै पनि भिटामिन सेवन गर्दा डाक्टरको सल्लाहमा लिने बानी बसाल्नु भएमा राम्रो फाइदा पुग्न सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!