धर्म-सस्कृति

नेपालमा हुदैछ धर्म संस्कृति लोप

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपालमा हुदैछ धर्म संस्कृति लोप । समय यति परिवर्तन भयो सोच्दा दंग लाग्छ । आज सबैले भगवान छैनन् यो गलत हो भन्ने कुरा सुन्दा मलाई अचम्म लाग्न थालेको छ । यस्तो पक्षमा सिङ्गो नेपाल मात्र देखिन्छ । हामीले छिमेकी कै कुरा गरौं सवैभन्दा धनी राष्ट्र चीन कुरा गर्दा त्यहाँ बौद्ध धर्म मान्नेहरूले माला घुमाइ राखेका छन् त्यसमा यदि शक्ति नभएको भए उनीहरू के गरिरहेका छन् ।

कुनै पनि ज्ञान हासिल गर्न दरो तपस्या गर्नुपर्छ र मात्र शक्ति प्राप्त हुन सक्छ । नर्सरीदेखि १२ पास गर्न करीब १२ बर्षको तपस्या र मेहनत गरेर एउटा खुडकिलो पार गरेको हुन्छ । आज हामीले एउटा अगरबत्ती बाल्दैमा के प्राप्त गर्न सक्छौं त्यसका लागि हामीले लामो समया प्रतीक्षा गर्न सक्नुपर्छ र मात्र हामीले शक्ति प्राप्त गर्नेछौं । जबसम्म मानिस सिद्धान्तमा अडिग रहदैन उसले केहि प्राप्त गर्न सक्दैन ।

आज मैले धर्म संस्कृति कै बारेमा एउटा कुरा भन्न मन लाग्यो त्यो हो विश्वास जबसम्म हामीले कुनै पनि कुराको विश्वास गर्दैनौं भने त्यहाँ केवल शुन्य पाउछौं । एउटा ढुंगालाई पुजा गर्छौं र विश्वासपुर्वक सोच्छौं भने त्यहाँ शक्तिको संचार हुन थाल्दछ । हामीले कपडा खोलेर जब बिस्तरामा पल्टन्छौं त्यति बेला निन्द्रा लागेको हुन्छ र हामी सपनामा राम्रो कपडा लगाएर घुम्न निस्केको देख्छौं तर हामीले यो बुझ्न सकिरहेका हुदैनौं यस्तो किन हुन्छ ?

Like & Follow us on Facebook

मानिस मरेर पनि सुख पाएको हुदैन शरीर माटो भएपनि यसको आत्माले ठाउँ खोजी रहेको हुन्छ त्यस्ता आत्माहरू सन्तुष्ट नभएमा अनेकौं घटनाले जन्म लिने गरेको हुन्छ । नाग पन्चमीको अघिल्लो दिन मैले नागको दर्शन गर्दछु यो मेरो अहम होइन सत्य हो र भोलीपल्ट नाग पुजा गरेपछि एक बर्षको लागि सकिन्छ उनले आशा गर्ने समया भनेको एक बर्षको हुन्छ । आज नेपालमा विश्वासको हत्या भएको छ । मानिसले अघि जस्तो क्रम गरेको छ त्यही अनुसार फल पाएको हुन्छ ।

जहाँ धर्म संस्कृति बलियो छ त्यहाँ हात हमेसा माथि छ जहाँ धर्म संस्कृतिको खिल्ली उडाउने गरेको छ त्यहाँ हात हमेसा तल हुने गरेको छ । आज नेपालमा धर्म संस्कृतिलाई अफिम मान्नेहरू विदेशी धर्मलाई डलरको उपाधी दिदैछन् के यो स्वाङ भएन त । कसैको घर बरबाद पारेर आफ्नो घर बनाउन खोज्नेको आत्मा पक्कै सन्तुष्ट नहुन सक्छ उअसले सोच्ने विषय यो पनि एउटा हुन सक्छ । कुनैपनि काम गर्दा समय सवैभन्दा बलबान हुन्छ यदि हामीले समयलाई नपर्खि ठाउँ चेन्ज गरिरहन्छौं भने हामीले समय गुमाइसकेका हुन्छौं र पछि नै रहने गरेका हु्न्छौ ।

मेहनत सवैभन्दा ठूलो सम्पति हो जबसम्म हामी मेहनत गर्छौ र मेहनतको फल पाउछौं । आफूले गरेको मेहनतबाट प्राप्त धनलाई हामी माया गर्छौं र खर्च गर्नु पुर्व सोचेर मात्र खर्च गरेका हुन्छौं । फिजुल खर्च अरूको कमाईमा हुने गरेको हुन्छ त्यही भएर हामी अघि होइन पछि पर्दै जान थाल्दछौं । मेरो अभिप्राय यो होकी अरूको आशामा होइन आफ्नो मेहनतमा विश्वास गरौं यही नै ठूलो प्रगतिपथ हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्  

धर्म संस्कृति किन आवश्यक छ ?

धर्म संस्कृति र यसको महत्व

धर्मको आस्था जगाउ र बलियो बनाउँ

हिन्दू धर्म संस्कृतिमा सबैको कल्याण

धर्मको रक्षा गर्नु सबैको नैतिक दायित्व

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!