Uncategorized

सम्पूर्ण नागरिकहरुमा जनचेतनाको लागि पशु सेवा विभागको अनुरोध

जानी राखौ  

१. पशुपन्छीको अनिवार्य बिमा गरौं । नेपाल सरकारले बिमाको प्रिमियममा ७५ % अनुदान दिने व्यवस्था गरेकोले यसवाट बढिभन्दा बढि लाभ लिऔ ।

२. नेपाल सरकारले पशुपालनसंग सम्वन्धित व्यवसाय संचालनका लागि ५ % मात्र ब्याज तिर्ने गरी कृषि ऋणको व्यवस्था गरेकोले यो अवसर नगुमाऔ ।

३. जिल्ला पशु सेवा कार्यालय र सेवा केन्द्रहरुवाट पशुपन्छीका लागि विभिन्न ७ समुहका औषधीहरु नि:शुल्क वितरणको व्यवस्था गरेकोले यसवाट लाभ लिऔ ।

४. मानिसमा देखा परिरहेका ७०% भन्दा बढि रोगहरु (जेनेटिक रोगहरु) पशुपन्छीवाट सर्ने भएकोले पशुपन्छीमा नयाँ शंकास्पद लक्षण सहित रोग देखा परेमा तुरुन्त पशु सेवासंग सम्वन्धित कार्यालय एवम् पशु स्वास्थ्य प्राविधिकहरुलाई जानकारी गराऔ ।

५. पशुपालनसंग सम्वन्धित कुनै पनि पशुपन्छी फार्म, उद्योग, मासु पसल संचालन पूर्व अनिवार्य रुपमा सम्वन्धित जिल्ला पशु सेवा कार्यालयवाट उपलव्ध हुने प्राविधिक परामर्श लिने गर्नुपर्दछ । जिल्ला पशु सेवा कार्यालयवाट कृषक एवम् व्यवसायीहरुका लागि नि:शुल्क प्राविधिक परामर्शको व्यवस्था गरिदै आएको छ । साथै पशुपन्छी फार्म, व्यवसाय, मासु पसल लगायतका व्यवसाय दर्ता पूर्व अनिवार्य रुपमा सम्वन्धित जिल्ला पशु सेवा कार्यालयको सिफारिस लिने गराऔं ।

६. पशु सेवा विभाग, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, केन्द्रीय पशु चिकित्सालय, ७५ वटै जीला पशु सेवा कार्यालयहरुवाट बिभिन्न सेवाहरुमा क्षतिपूर्ति सहितको नागरिक बडापत्र लागू भई कार्यन्वयनमा रहेकोले कुनै कार्यालयवाट सेवा प्रवाहमा क्षतिपूर्ति सहितको नागरिक बडापत्रमा व्यवस्था भएको समयभन्दा बढि लागेमा बडापत्रमा उल्लेख गरिएको कार्यालयमा क्षतिपूर्ति पाउ भनी निवेदन दिने गर्नुपर्छ ।

७. हरेक कार्यालयले आफ्ना कार्यक्रम अनिवार्य रुपमा सार्वजनिकिकरण गरेको हुनुपर्छ । नागरिकले कार्यक्रमको बारेमा जानकारी पाउनु उसको अधिकार हो । पशु सेवाका लागि स्थापित भएमा कार्यालयहरुवाट संचालित कार्यक्रमका बारेमा चासो लिने गरौ ।

सम्पर्क ठेगाना
नेपाल सरकार
पशुपन्छी विकास मन्त्रालय
पशु सेवा विभाग
हरिहरभवन, ललितपुर,  नेपाल ।
फोन नं. : +९७७-१-५५२२०५६
इमेल : [email protected]
वेभसाइटhttp://www.dls.gov.np

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!