विज्ञान जिज्ञासा

माकुरा आफ्नै जालोमा किन फस्दैन ?

माकुरा आर्थोपेडा श्रेणीमा पर्ने एक प्रकारको जीव हो । विश्वका सबै ठाउँमा पाइने जीवमध्ये माकुरा एक हो । हाम्रो वरिपरि जताततै माकुरा हुन्छन् । केही ठूला प्रजातीका हुन्छन्, केही साना । प्रजाती अनुसार माकुराले खानो आहार फरक हुन्छ । तर माकुराको भोक भने अनौठो हुने गर्छ । केही ठूला प्रजातिका माकुराले छेपारो, चरा र सानातिना स्तनधारी जनावर पनि खाने गरेको पाइन्छ । माकुराको भोक यति डरलाग्दो भएपनि यसले मानिसलाई फाइदा नै र्पुयाएको छ। उनीहरुको भोककै कारण झिंगा, लामखुट्टे, किराफट्यांग्रा, आदिको संख्या अनियन्त्रित भएको छैन ।

यो पनि पढ्नुहोस्

दाँत किराले कसरी खान्छ ?

अद्भूत प्रेमी Lovebug अर्थात प्रेमकिरोमा हुने समागम

बुद्धिबंगारा पलाएपछि के बुद्धि आउने हो त ?

दाँत कसरी सुरक्षित गर्ने ?

माकुराले आफ्नो जालोमा विभिन्न किराहरू पासोमा पारेर शिकार गर्दछ । कुनै किरा माकुराको जालोमा फस्यो भने फुत्कने सम्भावना निकै कम हुन्छ । त्यसैले माकुरा सबैभन्दा सफल शिकारीहरूमध्येमा पर्दछ । तर त्यति धेरै किराहरू टाँस्सिने जालोमा माकुरा आफै किन फस्दैन त ? वैज्ञानिकहरूका अनुसार यसको दुईवटा कारणहरू छन । पहिलो, कुनै-कुनै माकुराहरूको शरीरभरी एक विशेष प्रकारको तेल उत्पादन हुन्छ । यही तेलको कारण धेरै माकुराहरू आफ्नै जालोमा फस्नबाट जोगिन्छन ।

Like & Follow us on Facebook

दोस्रो, जालो बुन्दा सबै माकुराहरूले कम्तिमा दुई किसिमका रेशाहरूको प्रयोग गर्दछन, एक टाँसिने र अर्को नटाँसिने । आफैँले जालो बुन्ने हुनाले माकुराले कुन रेशा टाँसिने र कुन रेशा नटाँसिने भनेर सजिलै छुट्याउन सक्छ र यसले नटाँसिने रेशामा मात्रै टेक्न सक्दछ । त्यसैले माकुरा आफ्नै जालोमा फस्ने सम्भावना निकै कम हुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!