स्वास्थ्य

सास गनाउने समस्या र यसको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सास गनाउने समस्या र यसको उपचार । आजकल यो समस्या हरेक व्यक्तिहरूमा बढी देखिन थालेको छ । यसको ठोस कारण भन्नुपर्दा यो दाँत नमाझ्नेहरूमा यो बढी देखिएको छ । दाँत फोहर हुनाले दाँत सड्न थाल्दछ र सडेको दाँतको कारणले सास गनाउन थाल्दछ ।

सास गनाउनुका पछाडि अनेकौं कारण हुन सक्छन् । खानपिन नमिलेर पनि यसो हुन सक्छ । समयमा ब्रेकफास्ट नगर्दा, नियमित रूपमा मुख सफा नराख्दा, खानेकुरा नपच्दा सास गनाउँछ । तर यहाँ बताइएका केही घरेलु उपचारले यो समस्याबाट आफुलाई बचाउन सकिनेछ ।

सास गनाउन रोक्न सवैभन्दा पहिले दाँत माझ्ने र दाँत सफा गरिसकेपछि तातो पानीले मुख कुल्ला गर्ने र खाना खाने गर्नुपर्छ । यसको उपचारमा घरेलु जडिबुटी प्रयोग गर्न सकिन्छ । अनेकौं आयुर्वेदिक कम्पनीले टुथपेष्ट निकालेका छन् त्यसके दाँत सफा गर्नाले पनि सास गनाउन रोक्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

दाँतको रोग र उपचार

स्वाइन फ्लू (Swine Flu) र यसको उपचार

प्राकृतिक उपचार र यसको महत्व

खोकी (Cough) र यसको उपचार

पेप्टिक अल्सर र यसको घरेलु उपचार

मुखभित्र आउने घाउ र यसको उपचार

कारणहरु

दाँत नमाझ्ने, पानी कम पिउने, धेरै चुरोट खाने, जाँड-रक्सी खाने, गुलियो खाएपछि कुल्ला नगर्ने, मुखको सरसफाइ नगर्ने, सुर्ती खाने, दाँत कीरा लागेको कलेजो अथवा मृगौलाको रोग लागेका व्यक्तिहरूमा त्यस्तो ब्याक्टेरिया अत्यधिक मात्रामा पाइन्छ । त्यस्ता व्यक्तिहरू जसलाई निरन्तर कब्जियत भइरहन्छ, जसको गिँजाबाट रगत आउँछ, दात माझ्दा दुख्छ, पेटमा र सानो आन्द्रामा घाउ छ । पित्त थैलीमा खराबी छ, जो अति नै कम पानी खाने गर्दछन्, उनीहरूलाई ब्याक्टेरियाको इन्फेक्सन चाँडै हुन्छ र अरूभन्दा चाँडो सास गनाउने समस्या पैदा हुनसक्छ ।

उपचार

१. रातो चियामा ल्वाङ सुकमेल राखेर पिउने गर्नाले पनि सास गनाउन रोक्न सकिन्छ । रातो चियामा एन्टिब्यक्टिरियल तत्व हुनाले सास गनाउन रोक्छ ।

२. ल्वाङ र सूकमेल राखेर पानी पकाउने र चिया जस्तै गरि सेवन गर्नाले र ल्वाङ मुखमा राखेर चुस्नाले पनि सास गनाउन रोक्न सकिन्छ ।

Like & Follow us on Facebook

३. एक गिलास पानी तताउनुस् र त्यसमा आधा कागतीको रस हाल्नुस् । अनि मनतातो भएपछि बिहान बेलुका कुल्ला गर्नुस् । केही दिनमै मुखको दुर्गन्ध हराउँछ । मनतातो पानीमा कागती निचरेर पिउने गर्नाले पनि पेटको एसिड कम भएमा सास गनाउन रोक्न सकिन्छ ।

४. सास गनाउने समस्या भएका हरूले प्रसस्त पानी पिउने बानी बसाल्नु पर्दछ ।

नोट : सास ज्यादा गनाउने समस्या देखिएमा डेन्टल क्लिनिकमा गएर डाक्टरसंग प्रामर्श लिएर उपचार गराउनु राम्रो हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!