स्वास्थ्य

नाडीद्वारा रोगको परीक्षण

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नाडीद्वारा रोगको परीक्षण । प्राचीन समयमा मानिसको नाडी हेरेर रोगको डायग्नोसिस गर्ने सिस्टम थियो समय परिवर्तन भयो । त्यति बेला नाडी हेरेर शरीरमा कुन रोग लागेको छ भन्ने कुरा वैद्यहरूले नाडी परिक्षण गरेर रोगको उपचार गर्दथे । जस्तोसुकै रोगको उपचार नाडी हेरेर गर्ने परम्परा थियो तर आज समय परिवर्तन भएको छ ।

आधुनिक युगमा स्टेथिस्कोपको आविष्कारसंगै नाडी हेर्ने चलन लोपोन्मुख भएको छ । आयुर्वेदिक डाक्टरहरू सवै ढुग्रोको पछि लाग्न थाले यो नितान्त गलत हो । रोग परिक्षण गर्ने नयाँ-नयाँ प्रविधि भित्रनाले मानिस आफुलाई स्मार्ट देखाउन थाले । बजारमा आयुर्वेदिक औषधि छ तर सवै आधुनिक तरिकाले उत्पादन भएको देखिन्छ ।

हिजो र आज समय परिवर्तन हुनाले सवै काम उल्टो हुदै गएको छ । जति-जति दवाई उत्पादन भए त्यही अनुपातमा रोगलाई दबाउदै जाँदा यसले क्यान्सरको रूप लिन थाल्यो । आज नाडीद्वारा रोगीको रोग परिक्षण गर्ने आयुर्वेदको ज्ञान जीर्ण हुदैछ यसतर्फ सबैको ध्यान पुग्न जरूरी छ ।

नाडीद्वारा रोग पत्ता लगाउन सकिन्छ भने शरीरमा के कस्तो खालको रोग लागेको छ । नाडी परीक्षाको बारेमा नाडी ज्ञान सिक्न इच्छा भएमा भाव प्रकाश,योग रत्नाकर र शारंगधर संहिता आदि ग्रन्थमा यस्को वर्णन गरिएको छ । एलोपैथिकमा पल्स केवल मुटुको मात्र पत्ता लाग्न सक्छ तर आयुर्वेदमा अनुभवी वैद्यले भने नाडीबाटै अनेकौं रोगको परिक्षण गर्न सक्षम हुन्छन् भन्दा खासै फरक पर्दैन ।

आयुर्वेदमा डायग्नोसिस केवल नाडी हेरेर मात्र गर्ने चलन छ । अर्को रोचक प्रसंग भविष्यमा के कस्ता खालका रोग लाग्न सक्छ भन्ने कुरा एलोपैथिकले भन्न सक्दैन तर आयुर्वेदले बताउन सक्छ भनेको छ । एलोपैथिक डाक्टरले हिजो के खाएको भन्ने कुरा नसोधेसम्म भन्न सक्दैनन् तर एउटा अनुभवी आयुर्वेद वैद्यले यो बताउन सक्छ ।

आज यसै विषयमा हामी प्रकाश पार्नेछौं । आज हामीले आयुर्वेद वैद्यले पुरूषको दाहिने हात र स्त्रीको बाँया हातको नाडीद्वारा थुप्रै रोगहरू नाडी हेरेर पत्ता लगाउन सक्छन् भन्ने कुरामा जोड दिदै नाडीद्वारा रोग पत्ता लगाउन जति सजिलो हुन्छ त्यति स्टेथेस्कोप लगाएर नहुने थुप्रैको मत छ ।

यो पनि पढ्नुहोस्

दाँतको रोग र उपचार

स्वाइन फ्लू (Swine Flu) र यसको उपचार

प्राकृतिक उपचार र यसको महत्व

खोकी (Cough) र यसको उपचार

पेप्टिक अल्सर र यसको घरेलु उपचार

मुखभित्र आउने घाउ र यसको उपचार

नाडी हेर्ने समय

कुनै पनि ब्यक्तिलाई के कस्तो रोग लागेको छ भन्ने जानकारी नाडीद्वारा थाहा हुन सक्छ तर नाडी हेर्ने समयमा ध्यान दिन आवश्यक छ । हरेक कुरा थाहा पाउन आफ्नै मापदण्ड हुन्छ । नाडी हेर्ने समय यदि सहि छ भने नाडीद्वारा के कस्तो खालको रोग लागेको छ भन्ने कुरा अनुभवी वैद्यले नाडीद्वारा पत्ता लगाउन सक्छ ।

वैद्यहरूले नाडी हेर्ने समयलाई प्रात उठ्ने वित्तिकै ठिक हो भनेका छन् । यो समय भनेको मानव शरीरको वात, पित्त र कफ सवै नाडी समान चलेको हुन्छ । जब हाम्रो शरीरमा त्रीधातु भन्नाले वात, पित र कफ तिनवटै नाडी फरक-फरक नभएर समान रूपमा चल्छ भने कुनै रोग लाग्दैन तर फरक-फरक ढंगबाट नाडी चल्न थालेमा शरीरमा रोग लाग्न थालेको छ भनेर बुझ्नुपर्दछ ।

नाडी सम्बन्धी जानकारी हुन पहिले कहाँ कुन नाडी छ भनेर बुझ्न आवश्यक छ । दैनिक नाडी हेर्ने अभ्यास गर्न सके यस बारेमा राम्रो जानकारी पाउन सकिन्छ । नाडी ३ प्रकारको छ वात नाडी,पित्त नाडी र कफ नाडी यसको बारेमा पछि चर्चा गरौंला । आज रोगको सम्वन्धमा नाडी हेर्दा के कस्ता खालको लक्षण देखिन्छ बुझ्ने प्रयत्न गरौं । मानसिक रोग (डिप्रेसन ) मा नाडीको चाल छिटो छिटो चल्दछ । झगडा गर्दा वा प्यास लाग्दा पनि नाडी छिटो चल्दछ ।

गर्भ अवस्थामा पनि नाडीको गति छिटो छिटो चल्दछ । यदि कसैको नाडी बिच-बिचमा रोकिएर वा काट्टियर चल्छ भने त्यस्तो रोगी मर्न सक्छ हात हाल्नु हुदैन वा रिफर गर्ने व्यवस्था मिलाउनुपर्छ । मेरो बुबाले नाडीबाट यो मर्ने समय तोक्नु हुन्थेव । झाडा बान्ता भएको अवस्थामा पनि नाडीको गति ढिलो हुन्छ ।

Like & Follow us on Facebook

नाडी सम्बन्धि ज्ञान सिक्न पुराना वैद्यहरूको सामिप्यमा रहेर सिक्न सकिन्छ । नाडीको सहि ज्ञान हुनेले ३ सेकेन्डमा रोग पत्ता लगाउन सक्छन् । नाडी हमेसा ३०/३५ सेकेन्डसम्म हेरेमा के कस्तो रोग लागेको छ भन्न सकिन्छ । नाडीद्वारा मानिस कहिले मर्छ भन्ने कुरा अनुभवी वैद्यले बताउन सक्नुहुन्छ ।

हजारौं व्यक्तिको विचमा एउटा चोरलाई छोडि दिनुस उ चोर हो वा होइन भन्ने कुरा नाडीबाट पत्ता लगाउन सकिन्छ भने रोगको के कुरा गर्ने तर यसमा अभ्यासको खाँचो हुन्छ । म अधिकांश रोगको उपचार नाडी हेरेर गर्दछु । म आधुनिक युगको स्टेथिएस्कोप भन्दा नाडीमा बढी विश्वास गर्दछु र हरेक आयुर्वेदिक डाक्टरलाई नाडी हेर्न आग्रह गर्दछु ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!