खानपान

फ्रिजमा राखेको चिसो पानी पिउँदा स्वास्थ्यमा पर्ने असरहरु

गर्मीको समयमा पानीलाई चिसो पार्न फ्रिजमा राख्ने चलन छ । तर हामीले फ्रिजमा पानी राख्दा स्वास्थ्यको लागी निकै हानिकारक हुने गर्छन् । मानिसहरु गर्मी लागेसंगै चिसो पानी पिउन रुचाउने गर्छन । तर फ्रिजमा राखेको पानीले स्वास्थमा निकै खराब गर्ने गर्दछ । जुन कुरा मानिसलाई थाहा हुदा-हुदै पनि वास्त्ता गर्दैनन् । स्वास्थ्यको दृष्टिकोणले फ्रिजमा राखेको पानी पिउँदा स्वास्थ्यमा पर्ने हनीहरु निम्न अनुसार छन् ।

यो पनि पढ्नुहोस् 

फ्रिजमा राख्न नहुने खानेकुराहरु

मुड फ्रेश बनाउने खानेकुराहरु

शरीर कमजोर हुँदा खाने खानेकुराहरु

शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरु र जडीबुटीहरु

हाई ब्लडप्रेशर हुँदा खान हुने खानेकुराहरु

यूरिक एसिड बढ्दा खान नहुने खानेकुराहरु

उच्च रक्तचापमा खान नहुने खानेकुराहरु

आँखा तेजिला बनाउन खानुहोस् यस्ता खानेकुराहरु

१. घाँटी खराब

चिसो पानी पिउँदा श्वासनलीमा कफ बन्न जान्छ । श्वासनलीको सुरक्षार्थ हुने पत्रमा कफ जम्मा हुँदै जाँदा विभिन्न संक्रमण हुन पुग्छ । यसले घाँटी खराब हुने खतरा बढाउँछ ।

२. पाचनमा बाधा

फ्रिजमा राखिएको अत्यधिक चिसो पानी पिउँदा पाचन प्रक्रियामै बाधा उत्पन्न हुन्छ । चिसो पानीले रक्तबाहिनी नली खुम्चिन पुग्छ । यसले पाचन पक्रिया गति सुस्त बनाउँछ । खाएको कुरा ठीक तरिकाले पाचन भएन भने खानामा भएका पोषक तत्व शरीरले पाउँदैन ।

३. पोषकतत्व नष्ट

मानव शरीरको सामान्य तापक्रम ३७ डिग्री सेल्सियस हुन्छ । जब कुनै चिसो चिज पिइन्छ तब त्यसलाई सामान्य तापक्रममा बदल्न शरीरको ऊर्जा खर्च हुन्छ । खाएको पदार्थ पचाउन र पोषक तत्व शोषणका लागि प्रयोग हुनुपर्ने ऊर्जा अन्यत्र खर्च हुँदा शरीरलाई पोषकतत्व प्राप्त हुन सक्दैन ।

Like & Follow us on Facebook

४. मुटुको गति कम

बरफ या चिसो पानी पिउँदा मुटुको गति कम हुने खतरा पनि रहन्छ । चिसो पानीले ‘भेगस नर्भ’उत्तेजित पार्छ । भेगस नर्भको काम शरीरको पराधीन कामलाई नियन्त्रित गर्नु हो । यसले मुटुको गति कम गर्न मध्यस्थता गर्छ । चिसो पानीले भेगस नर्भ उत्तेजित पारेपछि मुटुको गति कम हुन थाल्छ

५. पाइल्स तथा आन्द्रा सम्बन्धी समस्या

जसरी फ्रिजमा खानेकुरा राखेको केही समयमै जम्ने गर्छ । त्यसैगरी पानी चिसो एर त्य सले, वरफ वा चिसो पेय पदार्थले पेटको फोहोर जमाएर कडा बनाइदिन्छ । जसका कारण कब्जियत तथा आन्द्रा सम्बन्धी समस्या निम्तिने गर्छ । साथै भविष्यमा यसबाट पाइल्स, आन्द्रा सम्बन्धि ठूलो समस्या निम्तन सक्छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!