साहित्य-कला

आमाको मन

यो आकाश
यो धर्ती
यो जनजीवन
कस्तो राम्रो लाग्छ
जब आमा मुस्काउँछिन
आमाकै तारिफमा
कति कविले
कविता कोरे
गीत गाँए
गजल लेखे
संगीत भरे
तैपनि आमाको सौन्दर्य
अझै सृष्टिमा घटेको छैन
हो, कति पवित्र छ
आमाको निस्वार्थ प्रेम
कति अनुपम छ
आमा भन्छिन्
आमा बन्न कति कठिन छ
कहिले उकालो चढ्नु पर्ने
कहिले ओरालो झर्नु पर्ने
धर्ती जस्तै
सहनसिल भइदिनु पर्ने
त्यसैले उनी भन्छिन्
आमा बन्न कहाँ सजिलो छ र ?
जतिसुकै वेदना खेपेपनि
कष्ट गरेपनि
छोराछोरीको निमित्त
उनी मरेहत्ते गरिरहेकी हुन्छिन्
त्यो भएर हो
आमाको मन सबैभन्दा ठूलो छ

*अमित संग्रौला झापामा बसेर कलम चलाउने युवा साहित्यकार हुन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!