ज्योतिषशास्त्र

सोमबारका यी पाँच काम गरेमा पुरा हुनेछ मनोकांक्षा

सोमबारका यी पाँच काम गरेमा पुरा हुनेछ मनोकांक्षा ! ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्वको दिन हो । यस दिन धेरै महिलाहरु भगवान शिवको व्रत बस्दछन् ।

सोमबारको दिन देवताको पनि देवता महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर पाउन तथा विवाहित नारीले पतिको दीर्घायूको कामना सहित भगवान शिवको पूजा आरधना गर्ने गर्दछन् । यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुने विश्वास गरिन्छ । त्यस्तै सोमबारका दिन भगवान शिवप्रति समर्पित भई शिव स्तोत्र, रुद्राक्ष, बेल पत्ताको पूजा गर्नाले भगवान शिव प्रशन्न हुन्छन् भन्ने विश्वास गरिन्छ । सोमबारका यी पाँच काम गरेमा पुरा हुनेछ मनले चिताएको वा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

१. सोमवार भगवान शिवको दिन वा चन्द्रमाको दिनका रुपमा लिइन्छ । यस दिन विहान सवेरै उठेर भगवान शिवको दर्शन गरी शिव चालीसा वा शिवाष्टकको पाठ गर्नाले भगवान शिव प्रसन्न भई समस्या समाधान हुने विश्वास गरिन्छ ।

२. दापत्य जीवनमा आउने उतारचढाव अथवा समस्या समाधानको लागि सोमवारको विहान सबेरै गौरी-शंकरलाई मनन गरी रुद्राक्ष शिव भगवानलाई अर्पण गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ ।

३. सोमबारको विहान बेलपत्रमा सेतो चन्दनको टीका बनाएर शिवलिंगको पूजा गर्नाले पनि फलिफाप हुन्छ ।

४. सोमवारका दिन आफ्नो पायक पर्ने शिव मन्दिरमा पुगेर शिवलिंगमा दूध चढाउनुपर्छ । उक्त दूध तामाको भाडामा ल्याएर आफ्नो व्यापार व्यवसाय गरेको ठाउँमा पूर्ण श्रद्धाका साथ छर्किदै ‘ॐ नमः शिवायः’ मन्त्रको जप गर्नाले व्यवसायमा श्रीवृद्धि हुने मान्यता राखिन्छ ।

५. ‘ॐ नमो धनदाय स्वाहा’ मन्त्र कुनै शिव मन्दिरमा गएर रुद्राक्षको मालाले ११ पटक जप गर्नुहस् । यस मन्त्रको जप गर्नाले धन लाभ हुने धार्मिक विश्वास छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

सोमबार के के काम गर्दा सफलता मिल्छ ?

सोमबार जन्मेका मानिसको भविष्य र आचरण

सोमबार भगबान शिवको ब्रत बस्नुका कारणहरु

सोमबार यी उपायहरू गरेमा दोषहरू हटेर मिल्नेछ चन्द्रमाको कृपा

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!