धर्म-सस्कृति

मन्त्रद्वारा के रोग ठिक हुन सक्छ ? आजको युगमा मन्त्रमा विश्वास गर्ने कि नगर्ने

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मन्त्रद्वारा रोग निको हुन्छ भन्ने कुरा सुन्दा यो युगमा अधिकांशलाई पत्यार नलाग्न सक्छ तर यसमा जनविश्वास छ । आज मैले यसै विषयमा पाठकहरूलाई प्रकाश पार्ने जमर्को गर्नेछु । घटना केहि महिना पहिलाको हो । औषधि सेवन गरेर निको नभएकाले मलाई बोलाउन आउनु भयो । मैले बिरामीलाई हेरे र भने औषधि खुवाउनुहोस् निको हुन्छ ।

तर उहाँले पानी फुकिदिन आग्रह गर्नुभयो म वैध बाको छोरा भएकाले शायद होला केहि ज्ञान हुनुपर्छ भनेर मलाई आग्रह गर्नु स्वभाविक थियो । थोरै पानी मागे पानीमा बेसार र खरानी राखेर मन्त्र पढेर पानी फुकेर खान दिए ठिक उत्तिखेर नै पेट दुख्न निको भयो । शायद उहाँले खाएको औषधिले निको भयो या मन्त्रले भयो तर निको भएको थियो ।

विश्वासपुर्वक गरेको जस्तोसुकै काम ठिक हुन सक्छ भन्ने मलाई लागेको थियो । तर कतिपय रोगमा तत्क्षण प्रभाव पारेका अनेकौं अनुभव मसंग छन् तर मैले यो काम गर्दिन कोही कसैले आग्रह गरेको अवस्थामा भने गरिदिन्छु । एकपटक नेपाली मुस्लिम परिवारका एक जना युवा बाबुलाई पिलिया जण्डिस रोग लागेर म काहाँ ल्याउनु भएको थियो ।

हामीले उहाँलाई औषधि दिएर पठाएका थियौं निको भएन । Bilirubin ४.५ बाट ५० सम्म पुगेको थियो । हामीले भरतपुर रिफर गरेको अझ बढेर मानिस पुरै पहेलो भयो तर निको भएन । धेरै खर्च गर्नुभयो समस्या हल नभएपछि पुन मकहाँ ल्याउनुभयो उहाँको उपचार मैले मन्त्रद्वारा शुरु गरे तर आश्चर्य उहाँ निको हुनुभयो आज उहाँ कतारमा हुनुहुन्छ ।

मन्त्रविनाको कुनै पनि अक्षर छैनन् । पूर्वीय सभ्यतामा मन्त्रको महत्व कति छ भन्ने बुझ्न यही भनाइ पर्याप्त हुनसक्छ । उचित तरिकाले प्रयोग गर्न जाने हरेक अक्षर मन्त्र हुन्छन् तर के हामी सबै यो कुरासँग सहमत हुन सकौंला त ? कतिपयले मन्त्रलाई अन्धविश्वाससँग जोड्ने गरेका छन् भने कतिपयले मन्त्र शक्तिमाथि विश्वास राखे पनि उनीहरू यसको वैज्ञानिक पक्षसँग अनविज्ञ छन् । हामीमध्ये कमैले मात्र स्वास्थ्य र मन्त्रको वैज्ञानिक सम्बन्ध बुझ्ने प्रयास गरेका छौं । जबकि स्वास्थ्य र मन्त्रको वैज्ञानिक सम्बन्धसँग परिचित हुन सके पहिलेभन्दा राम्रो जीवन बिताउन सकिने कुरा निर्विवाद छ । आउनुस यो मन्त्रको साहेताबाट केहि रोग निको बनाउन प्रयत्न गरौं यो सवै अनुभव गरिएका मन्त्र उपचार हुन ।

जण्डिसको मन्त्र

ॐ नमो आदेश गुरूको रामचन्द्र सर सावधान काला पीला रोता धोता पी पीला कड से राम चन्द्र जी तथा मेरी भक्ति गुरूकी शक्ति फूरो मंत्र इश्वरो वाचा ।

तरिका : कटोरामा पानी भरेर ७ दिनसम्म सियोद्बारा झार्नाले ठिक हुन्छ

आँखाको रोशनी बढाउन

अजातश्च सुकन्याश्च वन में शक्रम् साअश्यात् ।

प्रयोग गर्ने तरिका :

खाना खाइसकेपछी अन्तमा थोरै पानी हातमा लिएर सात पटकसम्म यो मन्त्र पढेर आँखामा छ्याप्नाले कर्मस आँखाको ज्योति बढ्दछ । यो मन्त्र मेरो बुबाले प्रयोग गर्नु हुन्थ्यो । ८० बर्षको उमेरमा पनि चस्मा नलगाई पढ्नु हुन्थ्यो ।

खाना पचाउने मन्त्र

अगल्य:कुम्मकर्णश्च वा वातल आहरणार्थ स्मेरतमो यश्च पच कुम्भ ।
प्रयोग गर्ने तरिका:खाना खाई सके पछि यो मन्त्र पढेर पेटमा मसार्नु खायको सवै हजम हुन्छ ।

पैसाको आभाव मेटाउने मन्त्र

या मुसब्बिब बल असबाब ।

यो मन्त्र मैले सोयम अनुभव गरेको छु कोरा कागजमा ५०१ पटक लेखेर सिद्ध गरेर तिजोरीमा राख्नुस र एउटा पर्समा राख्नुस स्वयम अनुभव गर्नु हुनेछ ।

नोट : मन्त्रद्वारा उपचार गर्ने तरिका मेरो बुबाको थियो । सबैको ज्ञान बढोस् भन्नाका लागि यहाँ दिएको छु लाभ उठाउनु हुनेछ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

लक्ष्मी खुसी पारी पैसा तान्ने मन्त्र

के थकाई मन्त्रले ठिक हुन सक्ला ?

धन प्राप्तिको लागि कुन राशिका मानिसले के मन्त्र जप्ने ?

दुर्गा सप्तशतीको सिद्ध मन्त्र जप गरेमा मिल्नेछ यस्तो लाभ

गायत्री मन्त्र किन जप्ने ? कुन समयमा जप गर्ने ? जानीराखौं

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!