राष्ट्रिय समाचार

कुलो भत्किदा ५० हेक्टर जमिनमा सिंचाई अवरुद्ध

१ भाद्र, नवलपरासी । हिजो रातीदेखि परेको अविरल बर्षाका कारण नवलपरासीको हुप्सेकोट गाउँपालिका-३ बेलाहानीमा कुलो भत्किएको छ । लगातार परेको बर्षाले हुप्सेकोट-३ बेलाहानी हुँदै गिरुवारी, जुल्पेटार, कोलिया, बसन्तपुरसम्म सिंचाई हुने जुल्पे कुलो भत्काइएको हो । कुलो करीव ५० मिटर भत्किएको छ ।

झ्यालबास चोरमारा सडकखण्ड अन्तर्गत हुप्सेकोट-३ मा रहेको ठुलो चौतारी नजिकैबाट कुलो भत्किदा करिब ४० देखी ५० हेक्टर जमिनमा सिंचाईको असर पर्ने हुप्सेकोट-३ का कृषक रेशमलाल पाण्डेले बताउनुभयो । तर यसबाट सडक तथा यातायतमा भने कुनै असर परेको छैन । उक्त कुलो प्रदेश सरकारको ३० लाख बजेटले गत जेठमा मात्रै २४० मिटर पुनर्निर्माण गरिएको थियो ।

मंगलबार बिहानीपख परेको पानीले कुलो भत्किदा स्थानीय धर्मराज पाण्डे र रेशमलाल पाण्डेको करीव एक-एक कठ्ठाको धान समेत पुरिएको छ । तत्काल पहिरो नहटाइए करीव ४०/५० हेक्टर जमिनमा सिचाइको अभाव हुने देखिएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!