यौन जिज्ञासा

सेक्स सन्तुष्ति नहुनुका कारणहरु

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

मलाई केही महिला दिदीबहिनीहरूले सेक्स आनन्द नभएको या सेक्सप्रति रूचि नभएको भन्ने गुनासाहरू पोख्नु भएको थियो । यो लेख मैले उहाँ हरूको फाइदाको लागि दिन गईरहेको छु । सेक्स विषयमा कुरा गर्नुपर्दा सेक्स भनेको सन्तान उत्पादन गर्ने मेसिन मात्र होइन यो जीवनको वास्तविक आनन्द लिने स्रोत पनि हो ।

सेक्स सन्तुष्टिले परिवारमा खुसी छाएको हुन्छ भने असन्तुष्टिले कलहको जन्म लिएको हुन्छ । अब हामीले कसरी सेक्स सन्तुष्टि प्राप्त गर्न सकिन्छ भन्ने विषयतर्फ लागौं । सेक्स भनेको हतारमा गर्ने होइन यसका लागि समय स्थानको खाँचो हुनसक्छ । सेक्स गर्दा मनबाट डरलाई हटाउन आवश्यक छ । म कमजोर छु भन्ने भावनालाई त्याग्नुपर्छ । सेक्समा मनोवैज्ञानिक प्रभाव ठूलो हुन्छ । हाम्रो सोचलाई परिवर्तन गर्न सक्नुपर्छ ।

सेक्स गर्दा आतिनु भयो भने तपाईंको आदि समय त्यसै खेर जानसक्छ । सेक्स सन्तुष्टि हुन दुवैको सहयोग नितान्त आवश्यक छ । महिलाको तुलनामा पुरूष चाडै स्खलन हुने गरेको धेरै पाइन्छ । चाडो स्खलन हुनुमा पुरूषको मनमा म कमजोर छु भन्ने डर बढी हुनाले पनि यस्तो समस्या देखिएको हुनसक्छ ।

अर्को कुरा पुरूषले सधै श्रीमतीको इच्छालाई पनि सम्मान गर्न सक्नुपर्छ । कतिपय पुरूषहरूले मादक पदार्थ सेवन गरेर सेक्स गर्छन् यदि यो महिलाले मन नपराएको खण्डमा पनि सेक्स आनन्द नआउन सक्छ । सेक्स भनेको एकान्तमा गर्ने विषय भएकाले यो कुरा सधै बुझ्न आवश्यक छ । एक अर्काले सेक्सबारे राम्रोसंग बुझ्न सके जीवन खुसीले वित्नेछ ।

सेक्समा जबसम्म फेस टु फेस नहेरी गरिन्छ भने चाडो स्खलन हुने सम्भावना बढी हुनसक्छ यो मनो वैज्ञानिक प्रभाव हो । औषधी सेवन गरेर गरेको सेक्सलाई वैज्ञानिक मान्यता छैन यसले स्वास्थ्यलाई नकरात्मक प्रभाव देखाउन सक्छ । पहिलो पटक चाडो स्खलनले खासै फरक पार्दैन पटक-पटक प्रयत्न गर्नुपर्छ सफलताले हजुरलाई अवश्य सफल बनाउनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

सेक्स किन आवश्यक छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!