स्वास्थ्य

दाद र यसको उपचार

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

दाद हेर्दा सामान्य जस्तो देखिने छालाको रोग हो । जुन प्राय: धेरै जसो व्यक्तिमा देखिन्छ । यस रोगबाट पीडित रोगीलाई यस्तो लाग्दछ कि यो रोग कहिले पनि ठिक हुनेवाला छैन । तर, यस किसिमको धारण भने राख्नु ठिक होईन । एलर्जीले गर्दा शरीरको खुल्ला भागहरु अनुहार, गर्धन, पाखुरा आदि ठाउँमा रातो भई सा-साना दाना निस्किन्छ । जुन बिस्तारै-बिस्तारै दादको रुप धारण गर्दछ । केहि व्यक्तिहरुमा आन्तरिक ईन्फेक्सन, धेरै एलोप्याथिक औषधिको सेवन या रगतको खराबीले हात या खुट्टाको औंलाहरुमा सा-साना पानीको फोका खासगरी गर्मीको याममा एग्जिम हुन्छ ।

उपचार

होमियोप्याथिक चिकित्साबाट यसको उपचार संभव छ । दादको उपचारको लागि रोगीको मानसिक एवं शारीरिक तथा पारिवारिक लक्षणहरुलाई मध्यनजर राखेर सफलतापूर्वक प्रयोग हुने केहि औषधीहरु निम्न लिखित छन् ।

ग्रेफाईटिस्, मिजेरियम, सल्फर, हिपर सल्फ, साईलिसिया, सोराईनम ईत्यादि । अत: दादको लक्षण देखिने बित्तिकै आफ्नो नजिकको कुनै प्रशिक्षित होमियोप्याथिक चिकित्सकसंग परामर्श लिई उपरोक्त औषधिहरुको सेवन गर्नु उचित हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!