लेखहरु

जडिबुटी र नेपाल

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

नेपाल जडिबुडिको अपार प्राकृतिक श्रोत साधनहरुको देश भनेर चिनिन्छ । जडिबुटी विशेष गरेर हिमाली,पहाडी र तराई क्षेत्रमा जडिबुटी तथा विभिन्न बनस्पति पैदावरको प्रचुर संम्भावना निरन्तर रहि आएको छ । यसको समुचित तथा सहि ढंगले सहि तरिकाले संरक्षण कोष सदुपयोग गरी स्थानीय जनताको जीबनस्तर सुधार गर्न सकिन्छ । देशमा छरिएर रहेका विभिन्न औषधीयुक्त एंव सुगन्धित जडिबुटीहरु संकलन गर्न सकिन्छ । जसमा स्वदेशी उद्योगहरुलाई कच्चा पदार्थ उपलब्ध गराउन सकिन्छ । विदेशी वजारमा निकासी गरी बैदेशिक मुद्रा आर्जन रोजगारी सिर्जना र राजस्वमा ठूलो बृद्धि हुने देखिन्छ । नेपालमा उपलब्ध हुने जडिबुटीहरुलाई समुचित रुपमा संकलन गर्ने र व्यावसायिक दृष्टिले उपयोगी हुन सक्ने र जडिबुटीलाई खेतीयोग्यको रुपमा लिन सकिन्छ ।

“हरियो वन नेपालको धन”भनेझै जंगलभित्र पहिचान पाएका तथा पहिचान पाउन बाँकी रहेका जडिबुटीहरुलाई प्राथमिकता दिइराख्न सके ठूलो उपलब्धि हुने छ । वनस्पति औषधीजन्य जडिबुटीले केहि पहिचान पाइसकेको अवस्था छ । तीमध्ये थुप्रै थरिका जडिबुटीहरूको विषयमा अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा र परिचर्चाको विषय बनेको छ । नेपालका प्रमुख प्राकृतिक संम्पदाहरुमध्ये जलस्रोत र जडिबुटीहरु गणना गरिएको छ । मुलुकमा ७०० प्रजातीका जडिबुटीहरुको पहिचान भएको छ । नेपालमा बार्षिक ८० हजार टन भन्दा बढी जडिबुटी उत्पादन हुने गर्छ । भने त्यसको ९० प्रतिशत जडिबुटी निर्यात हुदै आइरहेको छ ।

जडिबुटीका मुख्य बजार भनेका चीन र भारत र त्यसमध्ये ७० प्रतिशत उत्पादन चीनमा निर्यात हुदै आइरहेको छ । तर भारतीय बजारमा प्रशोधित जडिबुटीहरुको माग आइरहेको छ । नेपाल जडिबुटी नै जडिबुटीको देश हो । यसलाई समुचित रुपमा संकलन र स्थानीय रुपमै प्रशोधन भइराखेको छ । गरीब तथा निम्न आय भएका यस पेशा र जडिबुटी व्यबसायमा आश्रित जनतालाई लाभ पूर्याउन सकिन्छ । नेपाल एक सुन्दर तथा प्राकृतिकले सुन्दरता र भरिपुर्ण देश भएकाले नेपालमा धेरै प्रजातिका जडिबुटीहरु पाइन्छन् । नेपालीहरूले जडिबुटीको प्रयोग गरेर विरामी निको बनाउन सफल भएको देखिन्छ ।

गाउँघरमा धेरै बर्ष अगाडि देखि जडिबुटीको उपचार चलि आएको कुरा हो तर जडिबुटीको परिचयात्मक प्रचलन भने तीन सय बर्ष अगाडि मल्लकालमा भएको थियो । मल्ल राजा जयप्रताप मल्लले बैद्यखानाको स्थपना गरी नेपालमा विद्यमान जडिबुटीबाट आयुर्वेदिक औषधीको निमार्ण कार्य थालनी भएको थियो । जडिबुटीको क्षेत्र सिमित जस्तो देखिएतापनि यसको प्रयोग भने व्यापक रूपमा चलि आइरहेको छ । नेपालको क्षेत्रफल सानो भएतापनी भौगोलिक जैविक विविधता र हावापानीले प्राकृतिक संम्पदा भरिपूर्ण देखिन्छ ।

जलश्रोतपछिको ठूलो श्रोत जडिबुटीको हो । जडिबुटीको माध्यमबाट बैदेशिक मुद्रा आर्जन समेत भइराखेको छ तर यसलाई सहि ढंगले प्रयोग नगरेर मात्र देशमा परनिर्भर भएर बाच्नु परेको अबस्था रहि आएको छ । अहिले जडिबुटी हिमाली तथा पहाडि भेगका अधिकांस जनताको रोजिरोटिको माध्यमको रुपमा परम्परागत देखि चल्दै आइरहेको छ । यदि हामी सवै नेपालीले गर्ने हो भने नेपाल र नेपाली जनता अवश्यपनी नयाँ सकारात्मक बाटो तर्फ हिड्ने छन् भन्ने हामीलाई लागेको छ । जर्मनमा आयुर्वेदिक जडिबुटी बाट मदर टिङ्गचर उत्पादन गरी विश्व सामु पुराउ सफल देखिन्छ भने नेपाललाई जडिबुटीको खानीको रूपमा हेरिएको छ तर अन्तर्राष्ट्रियको भरमा भने नेपाललाई राखिएको छ । जडिबुटीको खानीको रूपमा नेपाललाई हेर्ने गरेको पाइन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!