वास्तुशास्त्र

वास्तुशास्त्र अनुसार पसलहरूको रङ्क

मधुसूदन सुवेदी
मधुसूदन सुवेदी

वास्तुशास्त्र अनुसार पसलहरूको रङ्क कस्तो उपयुक्त होला ? एक पटक सोचौ र विचार गरौ । वास्तुशास्त्र प्राचीन विज्ञान हो। यजुर्वेदको स्थापत्य अध्यायमा वास्तु शिल्पशास्त्रको वयान छ।

जु्त्ता (Shoes), चप्पल (Slipper) का पसलहरू भए सेतो, कालो या रातो रङ्क राम्रो हुन्छ । तयारी पोशाक वेच्नेहरू(Seller of Ready-made Uniform) का लागि नीलो, हरियो वा कुनै चम्किलो रङ्क राम्रो हुन्छ ।

औषधी व्यवसाय (Pharmaceuticals Business) को पसल भए हलुका नीलो या गुलावी रङ्क राम्रो हुन्छ । पुस्तक पसलका लागि (Book Shop) पहेंलो, नीलो या हरियो मिश्रित रङ्क उत्तम हुन्छ ।

रेडियो (Radio), टेलिभिजन (Television), टेप रेकर्डर (Tape Recorder) वा यस्तै विद्युतीय सरसामग्रीका पसलहरूमा (Shop of Electric Goods) मा हलुका नीलो, सेतो, पहेंलो, हरियो, रातो वा यस्तै मिश्रण रङ्क वेस हुन्छ ।

विजुली र यस सम्बन्धी सामग्रीका पसल (Electric Goods Shop) का लागि हलुका हरियो, हलुका नीलो सेतो या गुलावी रङ्कको चयन गर्नु पर्छ ।

सुन (Gold), जुहारात (Jewelries), आभूषण (Ornaments), गरगहना पसल (Ornaments Shop) मा पहेंलो वढी भएको रङ्क वेस हुन्छ ।

सामान्य सर–सामग्रीको पसल (Ordinary Goods Shop) भए सेतो, गुलावी या हलुका हरियो रङ्कको चयन गर्नु पर्छ ।

केटाकेटीका खेलौना वा अन्य उपहार (Children‘s Toys or any Gift Shops) सम्बन्धी पसलका लागि पहेंलो, हरियो, गुलावी या विभि; रङ्कको मिश्रण गर्न सकिन्छ ।

 मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

यो पनि पढ्नुहोस्

कस्तो हुनुपर्छ घरको ढोका ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!