वास्तुशास्त्र

वास्तुशास्त्रका यी ८ उपाय अपनाएमा चम्किनेछ तपाईको भाग्य

वास्तुशास्त्रमा भौतिक विकास निर्माणका बारेमा चर्चा गरिएको छ । स्थापत्य वेदमा यस सम्वन्धी धेरै कुराहरुको वर्णन गरिएको पाइन्छ । स्थापत्य वेद भनेको आजको वास्तुशास्त्र हो । यसमा नगर तथा भवन निर्माणका नियम, विधि र प्रक्रियाहरुको व्याख्या छ । आज स्थापत्य शास्त्र एक कला र विज्ञानको रुपमा विकसित भइसकेको छ । इञ्जिनीयरिंग र आकीटेक्ट लगायतका क्षेत्रमा यस उपवेदको विकास भइरहेको भन्न सकिन्छ । शान्ति तथा समृद्धि प्राप्त गर्नका लागि वास्तुशास्त्रमा अनेकौं उपायहरु सुझाइएका छन् । वास्तुशास्त्रका यी ८ उपाय अपनाएमा तपाईको भाग्य चम्किनेछ ।

यो पनि पढनुहोस्

वास्तुशास्त्र अनुसार अध्ययन गर्ने कक्ष हुनुपर्छ यस्तो

वास्तुशास्त्र अनुसार यी कामहरु गरेमा मिल्नेछ सफलता

जान्नुहोस् ! वास्तुशास्त्र अनुसार के गर्ने र के नगर्ने ? केहि उपयोगी टिप्सहरु

वास्तुशास्त्र अनुसार घर बनाउँदा ध्यान दिनुपर्ने अत्यावश्यक कुराहरु

वास्तुशास्त्र अनसार घरमा गरिबी र अशान्ति निम्त्याउँने ५ दोषहरु

वास्तु दोषमुक्ति तथा वास्तुशास्त्रबाट लिन सकिने लाभ

वास्तुशास्त्र अनुसार घरको के के कुन दिशामा हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार पसलहरूको रङ्क

१. पर्खालको मोटाइ

घरको दक्षिण र पश्चिमतर्फका पर्खाल उत्तर र पूर्वतर्फका पर्खालभन्दा अग्ला र मोटा हुनुपर्छ ।

२. सडकभन्दा अग्लो हुनुपर्छ जमिन

घर बनाउनलाई जमिन किन्दा वरपरको सडकभन्दा अग्लो भएको सुनिश्चित गरेर मात्र किन्नुहोस् । सडकभन्दा होचो जमिनमा घर बनाउँदा आर्थिक संकट आउँछ ।

३. दक्षिण पश्चिममा अग्ला रुख

घरमा समृद्धि ल्याउनुछ भने दक्षिण पश्चिम दिशामा अग्ला रुख लगाउनुस् । यी रुखले आर्थिक स्थिरता ल्याउँछन् । यिनले दुर्भाग्यलाई हटाउँछन् र परिवारमा संकटलाई पनि ढिम्किन दिँदैनन् ।

४. घरको बीच भाग खालि राख्ने

घरको बीचको भाग सधैं खालि राख्नुपर्छ र त्यहाँ कुनै पनि निर्माण गर्नुहुँदैन । यहाँ केही बनाउनै परे मन्दिर बनाउनुस् । यो भागलाई ब्रह्मस्थान मानिन्छ ।

५. भण्डार कक्ष कहाँ राख्ने

भण्डार कक्ष दक्षिण पश्चिम वा पश्चिम भागमा बनाउनुपर्छ जसकारण समृद्धिको बाटो खुल्छ ।

६. झ्याल ढोकाको सफाइ

घरको ढोका र झ्यालको नियमित सफाइ गर्नुस् किनकि घरमा आउने धनसँग यिनको सोझै सम्बन्ध हुन्छ । यी कुरा फोहर हुँदा धनप्राप्तिमा बाधा पुग्छ ।

Like & Follow us on Facebook

७. मुख्य द्वारको सजावट

घरमा समृद्धि ल्याउन घरको मुख्यद्वारलाई राम्ररी सजाउनुपर्छ । घरमा नम्बर प्लेट राख्नु पनि जरुरी छ । अनि यो भाग उज्यालो र रंगीन हुनुपर्छ ।

८. चराहरूलाई दानापानी दिन डुँड

घरको एक भागमा डुँड बनाएर चराहरूलाई दानापानी राख्नुभयो भने सकारात्मक ऊर्जा र धन प्राप्ति हुन्छ ।

९. प्याजी रंग

घरमा प्याजी रंग लगाउँदा धन आकर्षण गर्न सकिन्छ । यो रंगका बोटबिरुवा घरमा भए भने पनि तपाईंलाई धनको कमी हुँदैन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!