स्वास्थ्य

औषधिको रुपमा पुदिनाको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पुदिनाको अचार खाने परम्परा छ तर पुदिनामा औषधिको गुण छ भन्ने जानकारी कमलाई हुन सक्छ । पुदिनाको पात विशेषगरी स्वादको लागि चिनिन्छ । पुदिना अचारको रूपमा उपभोग गरिने अत्यन्त धेरै औषधीय गुण भएको कुरा वैज्ञानिकहरूले प्रमाणित गरेका छन् । पुदिनामा क्यान्सरसँग लड्न अद्भूत क्षमता हुन्छ । शरीरभित्र भएको कतिपय ब्याक्टेरिया र ढुसीको वृद्धिदर रोक्दछ । त्यसैले दम एलर्जीजस्ता रोगमा पुदिना ज्यादै उपयोगी मानिन्छ । औषधिको रुपमा पुदिनालाई निम्न अनुसार प्रयोग गर्न सकिन्छ ।

१. क्यान्सर रोक्न

पुदिनाको ताजा वा सुकेको पातलाई चिया, सर्बत, चटनी आदि कुनै न कुनै रूपमा सेवन गरेमा क्यान्सर ठिक हुन्छ । दिनको १०/१५ वटा ताजा पातलाई थिचेर पानीमा मिसाई मह वा थोरै कागती र नून मिसाई दिनको २–३ पटक केही महिनासम्म खुवाउन सकिन्छ । पुदिनामा क्यान्सरसँग लड्न अद्भूत क्षमता हुन्छ । यसमा पेरिलिन, अल्कोहल नामक एउटा फाइटो न्यूटि्रन्टस हुन्छ । जसले कोलोन, छाला र फोक्सोको क्यान्सर रोक्दछ । यसले गाँठा, गुँठीको रक्तकोषिकामा प्रहार गर्दछ ।

२. मुर्छा

सामान्य कारणले कुनै व्यक्ति मुर्छा वा बेहोस भएको छ भने पुदिनाको पातलाई माडेर केहीबेर सुँघाइदिँदा होस आउँछ ।

३. ज्वरो

पुदिनाको रस निकाली आधादेखि २ चम्चासम्म रसलाई पानी मिसाई खानदिँदा ज्वरो घट्दछ । पेट दुखाई पुदिनाको पातलाई पानीमा पकाउने, पानी सुकेर रहेको चौथाई मात्रालाई बिहान पिउँदा पेटको दुखाइमा आराम हुन्छ ।

४. दम र खोकी

पुदिनाको पात पानीमा पकाई पिउँदा दम र खोकीमा सुधार हुन्छ । घाँटी बढी खसखस भएर खोकी लागेमा पनि यसको प्रयोगले फाइदा पुग्छ ।

५. पेटको रोगमा

पुदिना कटु उष्ण, दीर्घ, दीपक तथा कफ वायु उल्टी, पेटको दर्द, वातनाशक गुण यसमा पाइन्छ । आमाशयलाई शक्ति दिन्छ । गर्भाशयलाई सक्रिय पार्ने, मासिक धर्मको अवरोध हटाउँछ ।

६. रक्तचाप नियन्त्रणमा

पुदिनाले उच्च र निम्न रक्तचाप समेत नियन्त्रण गर्छ ।

७. फोक्सोको कफ बाहिर निकाल्न

फोक्सोमा जम्मा भएको कफ बाहिर निकाल्नमा पुदिनामा अत्यन्त राम्रो गुण हुन्छ । त्यसैले पुदिना वृद्ध अवस्थाका लागि पनि नित्य सेवन योग्य औषधि मानिएको छ ।

८. अपच हटाउन तथा शरीरका दाग मेटाउन

यसले गर्मीमा शरीरलाई शीतल प्रदान गर्नुका साथै अपच हटाउन तथा शरीरका दाग मेटाउन मद्दत गर्छ ।

९. छाला, दाँत र मुखको दुर्गन्ध हटाउँन

पुदिनाले छालालाई समेत स्वस्थ राख्छ । त्यति मात्र हैन, पुदिनाको प्रयोगले दाँत चम्काउनुका साथै मुखको दुर्गन्ध समेत हटाउँछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

औषधीको रुपमा मरिचको प्रयोग

औषधीको रुपमा कागतीको प्रयोग

औषधीको रुपमा अदुवाको प्रयोग

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!