विज्ञान जिज्ञासा

चमेरो कसरी नठोक्कीकन अँध्यारो बाङो-टिङो गुफाभित्र पनि सजिलै उड्न सक्छ ?

स्तनधारी जनावर (Mammal) अन्तर्गत उड्न सक्ने एक मात्र जनावर हो चमेरो जुन राती मात्र सकृय हुन्छ । सामान्यतया कुनै पनि बस्तु देख्नको लागि प्रकाशको आवश्यकता पर्दछ । बस्तुमा प्रकाश परेपछी उक्त प्रकाश परावर्तन (Reflection) भई बस्तुवाट जिवको आँखामा आएपछी बस्तुलाई जिवले देखदछ । तर, राती अँध्यारोमा प्रकाश शुन्य अवस्थामा पनि सजिलैसँग उडेर चमेरो आफ्नो गन्तब्यमा प्रबेश गर्न सक्दछ । चमेरोको यो गुणलाई यसमा बिकास भएको अनुकुलताको लक्षण (Adaptational Feature) को रुपमा लिइन्छ ।

ध्वानी (Sound) बिभिन्न प्रकारका हुन्छन । मानिस लगायत अन्य जनावर र मानव निर्मित साधन र मेसिनबाट निस्कने ध्वनीको तरङ लम्वाइ (Wave Length) र तिब्रता (Intensity) एउटै हुँदैन । कुनै-कुनै ध्वनी हाम्रो कानले सुन्न सकिदैन तर अन्य जिवले सुन्न सक्दछ । अँध्यारोमा उडनुपर्ने चमेरोले एक प्रकारको ध्वनी निकाल्छ, जसलाई आल्ट्रसाउन्ड (Ultrasound) भनिन्छ, जुन हामी सुन्न सक्दैनौ ।

चमेरो अध्यारोमा उड्दै गर्दा जव यसले उक्त आल्ट्रसाउन्ड निकाल्छ उक्त ध्वनीको तरङ्ग नजिकैको चट्टान वा बस्तुमा ठोकिन्छ र सो ध्वनीको तरङ्ग पराबर्तन भई तत्काल चमेरोको शरीरमा प्रबेश गर्छ जसले गर्दा चमेरोले नजिकै केहि बस्तु छ भन्ने चाल पाउछ र ठोकिनबाट जोगिँदै अगाडी बढदछ । त्यस्तै अँध्यारोमा उड्दै गर्दा यसले निकालेको अल्ट्रसाउन्ड हावामा उडिरहेको किराको शरीरमा पर्न गई ठोकिएर यसको शरीरमा आइपुग्छ र आफ्नो सिकार पत्ता लगाई त्यसलाई भोजन बनाउछ ।

यो पनि पढ्नुहोस् 

बिरालोले राती कसरी आँखा देख्छ त ?

राती सुत्नुभन्दा अघि गरेका यी गल्तीले बढ्नेछ तौल

राती सुत्नुअघि पालना गर्नुपर्ने सामान्य नियमहरु

किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!