खानपान

सुन्तला खाँदा हुने फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सुन्तला प्राय: जाडोमा हुने हुनाले यो मौसममा सुन्तला खानाले चिसो हुन सक्छ खानु हुदैन भन्नेहरूको लागि यो लेख पढ्न म आग्रह गर्दछु । हरेक बस्तुको आफ्नै गुण विद्यमान छ । सुन्तला स्वादका लागि मात्र नभई स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ ।

मानिसहरू सुन्तला भन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन् । सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ ।

सुन्तलाको फल मात्र होइन बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ । सुन्तलामा रहेका विभिन्न सुक्ष्म पौष्टिकतत्व भिटामिन ए, बी र सीले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउँछन् । बिरामी भएको व्यक्तिलाई खान मन नलाग्दा सुन्तलाको थोरै रस खुवाँउदा खानामा रुचि बढ्छ ।

सुन्तलाको केस्रामा प्रसस्त मात्रामा फाइबर पाइन्छ । यसले पेट सफा राख्न मद्दत गर्छ । बालबालिकालाई झाडा पखालाले सताएको समयमा सुन्तलाको रस थोरैथोरै गरेर दिइयो भने बिरामीको शरीरलाई चाहिने पानी लगायत अन्य तत्वको आपूर्ति हुन्छ ।

भोक वा तिर्खा लाग्दा विभिन्न किसिमका प्याकेटका खानेकुराको सट्टा सुन्तला खाँदा शरीर स्वस्थ हुन्छ र कब्जियत हुनबाट पनि बचाउन ठूलो भूमिका खेलेको छ । सुन्तलामा पाइने भिटामिन ‘सी’ले रुघाखोकी आदिबाट बँचाउछ । दिनहँ सुन्तलाको सेवन गर्ने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

सिस्नु खानुका फाइदै फाइदाहरु

जाडोमा बदाम खानुका फाइदै फाइदाहरु

स्याउ र यसको फाइदाहरु

तामाको भाँडामा राखेको पानी पिउदाका फाइदाहरु

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!