स्वास्थ्य

औषधिको रुपमा शिलाजितको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

शिलाजित सेवनले, खास गरी पुरुषलाई फाइदा बढी गर्ने कुरा केहि पत्रपत्रिकामा छापेको भएपनि यो महिला पुरुष दुबैले सेवन गर्न सकिने कुरा पत्ता लागेको छ । शिलाजित खाँदा शरीरमा सेक्स हार्मोनको मात्रा वृद्धि हुन्छ । यो महिला तथा पुरुष दुवैको प्रजनन क्षमता बढाउन पनि लाभदायक सिद्ध छ । हाम्रो देशमा शिलाजीतको खानी भएपनि यस्को प्रयोग कम भएको देखिन्छ ।

नियमित सेवन गर्न सकिने शिलाजीतको उपयोग विभिन्न रोगमा प्रयोग गर्न सकिने देखिन्छ । जोर्नी दुख्ने सुगरका रोगीले खायमा कमजोर नहुने आयुर्वेद ग्रन्थमा उल्लेख गरेको पाइन्छ । शिलाजीत एक रोग अनेक भने जस्तै एउटा औषधिले थुप्रै रोग निको गराउन सक्क्षम छ । यस्ता अनेकौं औषधि हाम्रो देशमा पाइन्छ तर यसतर्फ खोज खबर हुन सकेको छैन ।

शिलाजीतबाट उपचार गर्न सकिने रोगहरू

१. यो बलबर्धक छ शिलाजीतमा एंटीऑक्सिडेंट हुने हुनाले जाडो मौसममा चिसोबाट बचाउन राम्रो भूमिका शिलाजीतले खेल्न सक्छ ।

२. शिलाजीतको सेवन गराउनाले मस्तिष्कलाई समेत स्वस्थ राख्दछ । शिलाजीतमा न्यरो प्रोटेक्टेब क्षमता हुने हुनाले मानिसलाई रोग प्रतिरोधक क्षमता बढाउछ । शिलाजीतमा विर्सने रोग भएकाहरूलाई समेत यसको सेवनले राम्रो फाइदा पुराउने गर्दछ ।

३. शिलाजीतको प्रयोग गर्नाले हर्मोन र इम्यूनो सिस्टम नियन्त्रित गर्दछ ।

४. यसको प्रयोग ले जोर्नी दुख्ने,युरिक एसिड बढ्ने समस्यालाई समेत नियन्त्रण गर्दछ । युरिक एसिड क्रमस ठिक हुदै जान थाल्दछ ।

५. शिलाजीतको प्रयोगले मधुमेह रोगमा रगतमा हुने ग्लूकोज र लिपिड प्रोफाइल कम गर्न राम्रो भुमिका खेल्दछ ।

६. सेक्स कमजोर हुने हरूले नियमित शिलाजीत दुधसंग सेवन गर्नाले बुढोपनि जवान हुने उल्लेख गरेको छ ।

७. यो प्राकृतिक भिटामिन भएकाले यसको सेवन गर्नाले अनेक रोग हुनबाट समेत बचाउनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

औषधिको रुपमा बर्रोको प्रयोग

औषधिको रुपमा दुबोको प्रयोग

औषधीको रुपमा अदुवाको प्रयोग

औषधीको रुपमा हिङको प्रयोग

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!