साहित्य-कला

मेरो देश नै हो मेरो त प्यारो भ्यालेन्टाइन

शोभा खतिवडा काफ्ले
शोभा खतिवडा काफ्ले

मेरो देश नै हो मेरो त प्यारो भ्यालेन्टाइन
मेरो देश नै हो मेरो त प्यारो भ्यालेन्टाइन जस्ले मलाई
मायाँ पिरति गाँस्न सिकाइदिन्छ प्रकृतिसड्ग!
मनमा सुन्दर र मनरमाउने आभास दिन्छ हरपल असल
मनका प्रिय शव्द र अनगिन्ति शुभभावहरुसड्ग!!१

मेरो प्रकृति नै हो मेरो प्यारो भ्याल्न्टाइ जस्ले मलाई यहि
धरामा प्रिय मानिस दिन्छ रमाएर !!
यो धरा नै हो मेरो प्यारो भ्यालेन्टाइन जहाँ म जन्म र कर्मका
स्नेह भावहरु शव्दमा कोर्छु सजाएर!२

तिमी नै हौ मेरो भ्यालेन्टाइन र हौ तिमी मेरो प्यारो सुन्दर
देश पनि !
यो धरातलबाट हामी शिखर चुमौँ अनि अन्तरिक्षमा घर
बनाऊँ हामी पनि !!३

जहाँ नौलो संसार होला तिम्रो कर्ममा मेरो मायाँको
सुमधुर प्यारो साथ होला !
मनका महल हामी मायाले बनाउँला अनि त्यहाँबाट नै
हामी प्यारो नेपाल हेरौँला!!४

यो धराको विकासमा हामी अव मायाँ र कर्मको साथले
मिलेर अघि बढौँ !
अनि मात्र हामी बहादुर भै ज्ञानका क्षितिज फराकिलो पारेर
अन्तरिक्षको यात्रा गरौँ !५

यो देश नेपालीको हो विकास पनि नेपालीले यहाँ मिलेर
मनबाट नै अव गरौँ !
नेपाल नेपालीको मुटु हो मुटु स्वस्थ्य र सुन्दर हुनुपर्छ
यो कुरा हामी अव बुझौँ!!६

जिरोबाट पनि हिरो हुन सकिन्छ अव हामी यो देशलाई
पनि संसारको हिरो बनाऔँ!
गरे के हुँदैन यो कुरा नजिकैको शिड्गापुर,चिन,जापान र
टाढाको अमेरिकालाई हेरौँ!!७

हामी हरेक नेपालीको मनको राष्ट्रिय गौरव हो यो मेरो
प्यारो देश !
किनकी यति सुन्दर छ मेरो यो देशको सम्बृद्द भित्री र
बाहिरी परिवेश!!८

यसैले मेरो देशको नाममा अव हामी मायाँका अक्षरहरु
पनि लेखौँ कि !
देशलाई निस्वार्थ मायाँ गर्दा हाम्रो स्वाभिमान शिखर पुग्छ
यो कुरा बुझौँ कि!!९

यो हिमाल जस्तै सुन्दर कुनै एउटा सुन्दर हिउँको कथा
पनि पो म लेखौँ कि !
सुन्दर पवित्र यो मेरो देशको नाम विश्वमा म हिमाल
भनेर पनि लेखाऊँ कि !!१०

यो देशको नाम जगत भरि नै सम्बृद्द मेरो यो देश भनेर
पो चिनाऊँ कि !
संसारको मोहनी यो देशमा बिकासका मूल हामी मिलेर
अव फुटाऊँ कि !!११

के छैन र मेरो यो प्यारो देशमा ;यो जगत नै लोभिने यसको
सुन्दर परिवेषमा !
यसरी मिलेर बनेको यो प्रकृतिको अमुल्य भण्डार भएको
मेरो यो देशमा !!१२

हिमालको पानी आफैँ बगेर यहाँ तराईका फाँटहरु सिंचन
गर्दछन हरपल!
यो देशको सुन्दर परिवेष देखेर यो विश्व ब्रम्हाण पनि कति
लोभिन्छन् पलपल् !!१३

मुटुको मायाँ जन्मभूमिलाई पोखेर यो देशको विकास पनि
मिलेर हामी गरौँ न!!
यो देशको विकास मिलेर गर्रौ र मिलेर हामी आफैँ माथी
शिखर हामी पुगौँ न् !!१४

यी हिमालका फेदिमा र हिमाली। वस्तिहरुमा मेट्रो रेल र
गाडीहरु प्रसस्त कुदुन!
पानीमा जलका अपार अनगिन्ति भण्डारहरु पनि जलका
नदिमा खुलुन् !१५

हिमालको फलफूल खाएर युवाले यो देशमा ज्ञानको
खेति जताततै गरुन्!
तराईको मिठो अन्न खाएर हिमालका बाल-बालिकाले
शिक्षा आर्जन गरुन् !!१६

यो देशको सम्बृद्दि अव भने जगतको आँखाले पनि हरपल
हेरी रहन मिलोस् !
नेपालको नाम यो विश्वमा उच्च गरिमाका साथ मात्र हरेक
मनबाट उच्चाह्रण होस्!!१७

यो देश नेपालीको गौरव हो देशलाई विकासका चरणमा
हामी पुर्याऔँ!
देश सत्ताधारिको कृडास्थल हैन नेपालीले पौरख पौख्ने
स्थल हो भनि चिनाऔँ!!१८

शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!