जीवन-दर्शन

बुद्धिमान् मानिसका असल गुणहरु

बुद्धिमान् मानिसका असल गुणहरु ।  मानिस जब बुद्धिमान हुन्छ तव उसले अरूलाई हेर्ने दृष्टिकोण फराकिलो पारेर नयाँ चीज खोज्न समय बिताउँछन् । ज्ञान र बुद्धिमत्ता सबैलाई सजिलै प्राप्त हुँदैन । यसका लागि धेरै मेहनत गर्नुपर्छ । सोचको क्षमताले अरूलाई प्रभावित गर्नु त्यति सजिलो छैन । हामी यहाँ बुद्धिमान् र विद्वान् मानिसका केही आनीबानी बताउँदैछौं जसलाई अपनाउनुभयो भने तपाईंमा पनि सकारात्मक परिवर्तन आउन सक्छ । बुद्धिमान् मानिसका केही असल बानीहरु यस प्रकार छन् ।

१. रूजवेल्टले भनेका छन् “सामान्य  मानिसहरु अन्य मानिसको सामान्य कुराबारे पनि गुनासो गरेर समय बिताउँछन्, औसत मानिसहरु घटनाहरूको वारेमा कुरा गर्छन भने बुद्धिमानी मानिसहरु नयाँ चीजहरु खोज्न समय बिताउँछन्” ।

२. बुद्धिमान् मानिसहरूको अरूलाई हेर्न दृष्टिकोण फराकिलो भई नयाँ चीज खोज्न समय बिताउँछन् । संसारलाई हेर्ने दृष्टिकोण सबैको फरक फरक हुन्छ । अर्काको दृष्टिकोण खराब अनि आफ्नो चाहिँ राम्रो भन्नुभयो भने तपाईं बुद्धिमान् मानिस होइन ।

३. लगातार अभ्यास र कोशिश गर्दा मानिस विद्वान् बन्न पुग्छ । अभ्यासले नै मानिसलाई पूर्ण बनाउँछ । अभ्यास गर्ने बानीले पनि विद्वत्ता झल्काउँछ ।

४. जानकारीलाई उचित तरिकाले प्रस्तुत गर्नु पनि बुद्धिमानीको लक्षण हो । बुद्धिमान् मनुष्यले जानकारीको क्रमलाई सजाएर राख्छन् अनि चाहिएकै बेलामा खोजिदिन्छन् । बुद्धि कम भएकाहरू चाहिँ आँकडालाई बेकार ठानेर बेवास्ता गर्छन् ।

५. आफूले कति जानेको छु भनेर परीक्षण गराइरहनु पर्दछ । तपाईंको जानकारी गलत छ र परीक्षण गराउनुभएको छैन भने यही गल्तीलाई प्रचार गर्दै हिँड्न सक्नुहुन्छ ।

६. बुद्धिमान् मनुष्यले भविष्यको योजना बनाउँछन्, आफ्नो मूल्य-मान्यतामा टिकेर बस्छन्, आफ्नो कमजोरी र सीमाहरू चिन्छन् अनि कहिल्यै कुनै मौका गुमाउँदैनन् ।

७. बुद्धिमान् मनुष्यको खुबै आलोचना हुन्छ । बुद्धिहीनहरूले बुद्धिमानको आलोचना गर्ने ठाउँ भेटेनन् भने निजी जिन्दगीका कुरा उक्काउन थाल्छन् । तर बुद्धिमान् मनुष्यले कहाँ कति के बोल्ने थाहा पाउँछन् ।

८. कुनै पनि कुरा सिक्नका लागि उत्सुकता हुनु बुद्धिमानीको लक्षण हो । जिज्ञासाले नै बुद्धि बढाउँने काम गर्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!