जीवन-दर्शन

७ प्रकारका पत्नीहरु, तपाईँकी पत्नी कस्ती छिन् त ?

७ प्रकारका पत्नीहरु, तपाईँकी पत्नी कस्ती छिन् त ? पुरुषले विवाह गरेपछि उसको विवाहित स्त्रीसँग जोडिने नातालाई पत्नी भनिन्छ । कतै-कतै पत्नीलाई स्वास्नी, श्रीमती, बुढी पनि भनिन्छ । तपाईलाई थाहा छ पत्नी कति किसिमका हुन्छन् ? बौद्ध ग्रन्थमा पत्नीका प्रकारबारे एउटा रमाइलो वर्णन भेटिएको छ । भगवान गौतम बुद्ध आफैले ७ प्रकारका पत्नीहरूको बारेमा बयान गरेका हुन् ।

गौतम बुद्धले धर्म प्रचार गरिरहेको बेलामा अनाथपिण्डिक नामका एक व्यक्ति थिए । उनी आफै, उनका छोरा र दुई छोरी साह्रै धर्मात्मा थिए । उनले आफ्ना छोराको बिहे सुजाता नामकी एक युवती सँग गरिदिएका थिए । सुजाताको स्वभाव भने विपरीत । एक पटक भगवान अनाथ पिण्डिकको घरमा जाँदा कोलाहल मच्चिरहेको रहेछ । कारण सोध्दा अनाथपिण्डिकले भगवानलाई सबै बताइदिए । त्यसपछि भगवानले सुजातालाई बोलाई ७ प्रकारका पत्नीबारे उपदेश दिएका रहेछन् । पत्नीका ७ प्रकारहरु यस प्रकार छन् ।

१. बधक पत्नी

जो स्त्री आफ्ना पत्नीप्रति द्वेष भाव राख्छे, अहित चिन्तन गर्छे, परपुरुषप्रति आशक्त भएर पतिको अपमान गर्छे, पतिको धनका लागि पतिको बध गराउन पनि पछि पर्दैन, त्यस्ती पत्नी बधक पत्नी हुन्। यस्तो दुशील स्त्री मरणपछि नरक जान्छे।

२. चोरीसम (चोर) पत्नी

पत्नीले कमाएर दिएको धन मध्ये केही अंश लुकाउँछे। यस्ती स्त्री पनि मरणपछि नरक जान्छे।

३. भगिनीसम (बहिनी जस्ती) पत्नी

पतिको सम्मान गर्ने, लज्जालु र पतिले भनेको मान्ने हुन्छे। यस्ती स्त्री पनि मृत्युपछि स्वर्गलोकमा जान्छे।

४. मातुसम (आमा जस्ती) पत्नी

आमाले छोरोको हित चाहे जस्तै सँधै पतिको हित चाहने हुन्छे । प्राप्त धनलाई राम्रोसित सनुम्हालेर राख्छे । यस्ती पत्नीसदाचार युक्त भएकीले मरणपछि स्वर्णलोकमा गएर सुख भोग गर्छे।

५. आयासम (स्वामिनी) पत्नी

केही काम नगर्ने, अल्छी, धेरै खाने, कठोर वचन बोल्ने, नोकरचाकरलाई अपमान गर्ने।

६. सखीभरिया (साथी जस्ती) पत्नी

पति देखेर प्रसन्न हुने, आफ्नो कुल परम्परा कायम गर्ने, शीलवती तथा पतिव्रता हुन्छे । यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे।

७. दासीसम (दासी जस्ती) पत्नी

कहिल्यै नरिसाउने, शान्त स्वभावकी, दण्ड देखेर डराउने, पतिको कुरा मान्ने, सहनशील हुन्छे । यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे । ७ प्रकारका श्रीमतीहरुको वर्णनपछि भगवानले सुजातासित सोधे, सुजाता, लोकमा यी सात प्रकारका श्रीमतीहरु छन् । यी मध्ये तिमी आफूलाई कुन प्रकारकी श्रीमती मान्छौ ।

ल अब तपाई पनि भन्नुस्, तपाई महिला हुनुहुन्छ भने तपाई कस्ती श्रीमती र तपाई पुरुष हुनुहुन्छ भने तपाईकी श्रीमती कस्ती।

यो पनि पढ्नुहोस् 

८ प्रकारका पतिहरु, तपाईँ कस्तो त ?

यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!