टिप्स

श्रीमान र श्रीमती वीचको सम्बन्ध सुमधुर बनाउने उपायहरु

श्रीमान र श्रीमती वीचको सम्बन्ध सुमधुर बनाउने उपायहरु !
श्रीमान र श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । श्रीमान श्रीमती बिचको सम्बन्ध सुमधुर बनाउने केहि टिप्सहरु यस प्रकार छन :
१. माया देखाउनु
तपाई सँधै आफ्नो श्रीमान वा श्रीमतीलाई माया देखाउनुहोस् । सँधै दयालु र मायालु भएर प्रस्तुत हुनुहोस् ।
२. प्रशंसा गर्नु
आफ्नी श्रीमतीले परिवारका लागि के गरिरहेकी छिन्, त्यसका लागि सँधै प्रशंसा गर्नुहोस् । श्रीमतीले पनि आफ्नो श्रीमानले गरिरहेको कामको लागि प्रंशसा गर्नुहोस् । सँधै यो भएन, त्यो भएन भनेर गुनासो मात्रै नगर्नुहोस् ।
३. हरेक निर्णय सल्लाहमा गर्नु
कुनै पनि निर्णय गर्नुपर्दा सँधै समझदारीमा गर्नुहोस् । यस्ता महत्वपूर्ण निर्णयहरु गर्दा एउटा परिवार भएर गर्नुहोस् । हामीले हाम्रो निर्णय अरुमाथि थोपार्ने बानी त्याग्यौँ भने परिवारिक सम्बन्ध सुमधुर हुन्छ । यसो हुँदा सबैले आफ्नो पनि यो घरमा महत्व छ है भन्ने महशुस गर्छन् ।
४. कहिल्यै पनि आवेशमा नआउनु
श्रीमान-श्रीमती बीचको सम्बन्ध सुमधुर बनाई राख्न तपाई कहिल्यै पनि कुनै पनि हिसाबले आवेशमा आएर गलत ब्यवहार नगर्नुहोस् । भावनात्मक, मानसिक तथा शारीरिक कुनै पनि दृष्टिकोणले आफुलाई सँधै शान्त राख्नुहोस् । एकजना प्रसिद्ध धार्मिक ब्यक्तिले भनेका छन् , मानिसहरु कसरी आफ्ना श्रीमतीलाई कुटपिट गर्न सक्छन् र त्यही श्रीमतीसँग राती सुत्न सक्छन् ?
५. श्रीमान वा श्रीमतीको साथी भएर प्रस्तुत हुनु
श्रीमान र श्रीमती भन्दा पनि एक अर्काको साथी भएर प्रस्तुत हुनुहोस् । हामी सँधै एउटै घरमा बस्छौँ तर, एकअर्काको बारेमा केही थाहा हुँदैन । यस्तो हुँदा सम्बन्ध लामो समय टिक्दैन र रमाईलो पनि हुँदैन । त्यसैले साथी जस्तो गरी एक अर्काको कुराहरु थाहा पाउनुहोस् ।
६. आफ्ना गल्तीहरु स्विकार्नु
कहिलेकाहीँ गल्ती हुन सक्छन् । ती गल्तीहरुको महशुस गर्नु आवश्यक हुन्छ । आफ्नो गल्ती नस्विकार्ने बानीले सम्बन्धमा असर गर्छ ।
७. सँधै एकआपसको सम्पर्कमा रहनु
सम्बन्धलाई सुमधुर राख्न नियमित कुराकानी र सम्पर्क आवश्यक हुन्छ । श्रीमान श्रीमतीले सँधै एकअर्काबीच कुराकानीलाई जारी राख्नुपर्छ । समस्या छन् भने छिट्टै दुबै जनाको सहमति र कुराकानीमा समाधान गर्नुपर्छ ।
८. पुरानो समस्यालाई बिर्सनु
पुरानो कुरालाई लिएर कचकच नगर्नुहोस् । यसले सम्बन्धमा झन् तनाब लिएर आउन सक्छ ।
९. सामान्य तरीकाले बाँच्नु
अरुको सेवासुबिधासम्पन्न जीवनशैली देखेर ईष्र्या लाग्नु स्वभाविक हो । तर, यसले सम्बन्धमा दरार ल्याउन सकिन्छ । सँधै आफुभन्दा तल्लो आर्थिकस्तर भएका मानिसलाई हेरेर आफ्नो दैनिक चलाउनुहोस् । अर्काको ईष्र्या गर्ने बानीले आफैलाई हानी पुर्याउँछ ।
१०. फुले बोल्ने कुरामा सँधै सतर्क रहनु
आफु के बोल्दैछु भन्ने कुरामा सँधै सचेत रहनुहोस् । तपाई तनाब या दुखी भएको बेलामा जे पनि बोल्न सक्नुहुन्छ । तर, त्यस्तो हुन नदिनुहोस् । तपाई रिसाएको बेलामा जे पनि बोल्न सक्नुहुन्छ जसले गर्दा सम्बन्धमा सँधैका लागि दरार आउन सक्छ । बरु, रिस नमरुन्जेल चुप लागेरै बस्नुहोस् ।

यो पनि पढनुहोस्

सुत्नुअघि हरेक दम्पतिले गर्नुपर्ने ५ महत्वपूर्ण कामहरु

श्रीमान र श्रीमती वीचका शंका हटाउने उपायहरु

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!