टिप्ससूचना प्रविधि

तपाइँको फेसबुक अरु कसले हेरिरहेको छ, यसरी थाहा पाउनुस् !

एजेन्सी । तपाइँको फेसबुक अरु कसले हेरिरहेको छ, यसरी थाहा पाउनुस् ! अरुको जानकारी लिन र तस्विर हेर्नका लागि सामाजिक सञ्जाल फेसबुक अहिले सबैभन्दा सहज माध्यम बनेको छ । मानिसहरु साथी भएपनि नभएपनि एक अर्काका फेसबुकबारे जानकारी लिइरहन्छन् ।

तर तपाइँले आफ्नो फेसबुक कसले हेरिरहेको छ भन्ने चाल नपाइरहनु भएको हुन सक्छ । गुगल क्रोम एक्सटेन्सनको मद्धतले आफ्नो फेसबुक प्रोफाइल हेर्नेहरुको बारेमा जानकारी दिने सुविधा प्रयोग गर्न सकिन्छ।

तपाइँको फेसबुक कसले हेरिरहेको छ र सबैभन्दा बढी भिजिट गर्ने को हुन सक्छ भन्ने बारेमा थाहा पाउन गुगल क्रोममा Facebook Flat एक्स्टेन्सन राखिएको छ ।

तपाइँले आफ्नो क्रोममा यो एक्स्टेन्सन एड गरेपछि तपाइँको फेसबुकमा नयाँ लुक आउँछ । यसले तपाइँको फेसबुक कसले हेरिरहेको छ भन्ने जानकारी दिएसंगै कतिपटक हेरे भन्ने जानकारी दिन्छ ।

के गर्ने

पहिलो चरण

सबैभन्दा शुरुमा गुगल क्रोममा यो एक्स्टेन्सन राख्नुस् । यसका लागि क्रोममा गएर Facebook Flat टाइप गर्नुस् । गुगलको वेबस्टोरमा गइ Facebook Flat लाइ क्रोममा एड गर्न “Add to chrome” अप्सनमा क्लिक गर्नुस् । केही बेरमा “Added to Chrome” म्यासेज देखिन्छ ।

facebook flat

दोस्रो चरण

ब्राउजरमा यो एक्स्टेन्सन एड भएपछि फेसबुकको प्रोफाइलमा गएर रिफ्रेस गर्नुस् । त्यहाँ बायाँ पट्टी सबै आइकन देखिन्छ । त्यहाँ फिडको लागि पनि हरियो बटन हुन्छ ।

facebook flat 1

तेस्रो चरण

बायाँ पट्टीको प्यानलमा दुरविन आकारको आइकन देख्नु भो भने यहाँ क्लिक गर्नुस् । यो आइकनले तपाइँको फेसबुक कस कसले हेरिरहेका छन् भन्ने विवरण दिन्छ ।

facebook flat 2

साभार : नेपाली हेडलाईनस

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!