टिप्स

उनले तपाईलाई प्रेम गर्छिन् भन्ने कुरा थाहा पाउने सुत्रहरु

उनले तपाईलाई प्रेम गर्छिन् भन्ने कुरा थाहा पाउने सुत्रहरु ! संसारमा सबैभन्दा बढी चर्चा भएको कुरा प्रेम नै हो । संसारमा सबभन्दा बढी परिभाषा गरेर पनि परिभाषित हुन नसकेको शब्द शायद ‘प्रेम’ हुनुपर्छ । प्रेमको विषयमा जति गीत र कविता कुनै पनि विषयमा लेखिएका छैनन् । अधिकाँश कथा उपन्यास र चलचित्रको मुख्य विषय पनि प्रेम नै हुन्छ । आज संसारमा जति पनि चलचित्रहरु बनेका छन्, जति जति गीतहरु सुन्नमा आएका छन्, ती सबैमा कुनै न कुनै तरिकाले माया र प्रेमकै भाव र गुणगान गाइएको हुन्छ। तर अझै पनि कसैले प्रेम यो हो रयसकारण हुन्छ भन्न सकेको छैन ।  बैज्ञानिकहरुले प्रेम किन हुन्छ भन्ने विषयमा विभिन्न तर्क अघि सारेका छन् तर ती पनि सर्वमान्य छैनन् ।

मानिसहरु प्रेम किन हुन्छ र के हो प्रेम भन्ने विषयमा सदियौंदेखि खोज र अनुसन्धान गर्दै आएका छन् । आफूले मन पराएको कुनै केटी वा युवतीले आफूलाई मन पराउँछिन् वा पराउदिनन् जान्ने इच्छा पनि सबैमा हुन्छ । तर जान्ने कसरी – एक अर्कासित पूर्णतया नखुलेसम्म सोझै सोधी हाल्ने वा ‘आइ लभ यू’ भनि हाल्ने अवस्था पनि हुन्न । त्यसैले अनेक व्यक्ति महिनौ द्धिविधामा हुन्छन् । तर यहाँ हामीले केही टिप्स दिएको छौ । यसको आधारले तपाईले चाहेको साथीले तपाईलाई प्रेम गर्छ वा गर्दैन भन्ने कुरा बुझ्न सकिन्छ । उसले तपाईलाई प्रेम गर्छिन् भन्ने कुरा थाहा पाउने सुत्रहरु यस प्रकार छन्।

१. तपाईसँग आँखा जुध्दा उनले अनुहारमा मुस्कान आउछ ।

२. तपाईले भनेका साना कुराहरु पनि उनले सम्झी राख्छिन् ।

३.  तपाईसँग कुरा गर्ने क्रममा उनले अनुहार रातो हुन्छ ।

४.  चोर आँखाले तपाईलाई हेर्ने गर्छिन् ।

५.  तपाईसँग कुरा गर्दा उनले आफ्नो कपाल खेलाउछिन् ।

६.  आफ्नो इच्छाले तपाईलाई छुने प्रयास गर्छिन् ।

७.  तपाईसँग कुरा गर्दा तपाईतर्फ झुक्ने प्रयास गर्छिन् ।

८.  उनी केही कानेखुशी गर्न तपाईको कान नजिक आउँछिन् ।

९.  उनले आफ्नो आवाज तपाईको टोनसँग मिलाउने प्रयास गर्छ ।

१०.  तपाईको नजिकबाट हिड्दा उनको कम्मर केही बढी हल्लिन्छ ।

११. बिना कुनै कारण र उनको घर नजिकै भएपनि उनले तपाईलाई घर छाडिदिन आग्रह गर्छिन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!