टिप्स

तपाई उसलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा थाहा पाउने सुत्रहरु

तपाई उसलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा थाहा पाउने सुत्रहरु ! प्रेम अद्भूत शक्ति हो । हामी सबै प्रेमका पुजारी हौँ । संसार प्रेममय छ । प्रेममय भएकै कारण संसार अडिएको छ । सबै मानिस जानी नजानी माया प्रेम गरिरहेका हुन्छन। माया-ममता, करुणा, स्नेह, सद्भाव, भक्ति, सत्कार, स्वाभिमान, अनुशासन आदि सबै प्रेमका स्वरूप हुन् । प्रत्येक पल मानिसले प्रेमको कुनै न कुनै स्वरूप धारण गरेकै हुन्छ । यही शक्तिको कारण मानव जीवनको औचित्य रहन्छ । प्रेम र्सवश्रेष्ठ र शक्तिशाली छ । प्रेम एकमात्र त्यस्तो शक्ति हो, जसले मानिसको जिन्दगी सफल बनाउन सहयोग गर्नसक्छ । कसैको कुनै पनि व्यवहार परिवर्तन गर्न सकिन्छ भने प्रेमले मात्र सकिन्छ । भनिन्छ प्रेम भनेको एउटा यस्तो भावना हो जसलाई न कसैको बुद्धिले रोक्न सक्छ न कुनै तर्कले नै छेक्न सक्छ।

भनिन्छ कि प्रेम प्रेरणाको खानी हो, प्रेम जीवन हो, प्रेम प्रकृति हो, प्रेम विश्वास हो अनि प्रेम संसारै हो। प्रकृतिको सबै भन्दा सुन्दर उपहार हो प्रेम र त्यो भन्दा मिठो छ उसको अनुभुती, जो जिन्दगीको महत्व सिकाउँछ र जीवन जिउन योग्य बनाउँछ। कतिपय मानिस कसैलाई प्रेम गर्छन् तर उ स्वयंलाई यो कुरो थाहा हुँदैन । यहाँ हामीले के टिप्स दिएका छौ । यदि तपाइको भावना पनि मिल्दो जुल्दो छ भने यसको अर्थ तपाई उसँग प्रेम गर्नु हुन्छ । तपाई उसलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा थाहा पाउने सुत्रहरु यस प्रकार छन् ।
१. तपाई उसलाई आफ्नो सपनामा देख्न थाल्नु हुन्छ ।
२. तपाई सदैव उसको साथ चाहनुहुन्छ ।
३. उसको विषयमा सोच्दा अनायास तपाईको अनुहारमा मुस्कान आउछ ।
४. उसग बिताएको क्षण तपाइको र्सवाधिक राम्रो समय हुन्छ ।
५. उ तपाईको आसपास हुँदा तपाई राम्रो र विशेष महसुस गर्नुहुन्छ ।
६. बिना कुनै उपयुक्त कारण तपाई उसलाई अत्यन्तै विश्वास गर्नुहुन्छ ।
७. उसलाई अन्य कसैसँग देख्दा तपाईलाई नरमाइलो लाग्छ ।
८. तपाईको भोक, निन्द्रा सबै हराउँछ । तपाई मात्र उसको विषयमा सोच्न चाहनुहुन्छ ।
९. तपाई आफ्नो यस्तो रहस्य पनि उसलाई भन्नु हुन्छ जुन तपाई अन्य कसैलाई भन्न सक्नु हुन्न ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!