मुख्य समाचार

बिज्ञान तथा प्रबिधि मन्त्री प्रेमबहादुर सिंहद्वारा तेस्रो अन्तराष्ट्रिय दक्षिण एसिया स्तरीय जैविक प्रबिधि सम्मेलनको समुद्घाटन

चैत्र ३, २०७३, ललितपुर । बिज्ञान तथा प्रबिधि मन्त्री प्रेमबहादुर सिंहद्वारा तेस्रो अन्तराष्ट्रिय दक्षिण एसिया स्तरीय जैविक प्रबिधि सम्मेलनको उद्घाटन बिज्ञान तथा प्रबिधि मन्त्रालय, त्रि.वि.वि. जैविक प्रबिधि केन्द्रीय विभाग, नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान, नेपाल जैविक प्रबिधि एसोसियसन र South Asian University नयाँ दिल्लीको संयुक्त आयोजनामा  “Regional Co-operation for Bio-technology”  भन्ने नाराका साथ जैविक प्रबिधिसंग सम्वन्धित विज्ञ तथा बैज्ञानिकहरु सम्मिलित अन्तराष्ट्रिय सम्मेलनको बिज्ञान तथा प्रबिधि मन्त्री माननीय प्रेमबहादुर सिंहज्यूले आज भब्य समारोहका साथ समुद्घाटन गर्नुभयो ।उहाँले पछिल्लो समय विश्वका बिकसित देशहरुमा जैविक प्रबिधिको तीव्र विकास भएतापनि केहि विकासोन्मुख देशहरुमा मात्र दीर्घकालीन रुपमा यसको बिकासमा लगानी भएको कुरा बताउनुभयो । नेपालमा जैविक प्रबिधिको अध्ययन र बिकासको लागि सरकारले उक्त क्षेत्रलाई उच्च प्राथमिकतामा राखी अघि बढाउने पनि उहाँले जानकारी गराउनु भयो । उक्त सम्मेलनमा नेपाल, भारत, पाकिस्थान, बंगलादेश, थाइल्याण्ड, श्रीलंका, कतार, ईटाली र सयुक्त राज्य अमेरिकाका जैविक प्रबिधिसंग सम्वन्धित विज्ञ तथा बैज्ञानिकहरुको सहभागिता रहेको छ । ३ दिनसम्म चल्ने उक्त सम्मेलन ललितपुरको कुपण्डोलस्थित होटेल हिमालयमा संचालन हुनेछ ।

सम्मेलनमा नेपाल लगायत विभिन्न देशका प्रतिनिधिहरुले जैविक प्रबिधिको विभिन्न विधामा १७० वटा भन्दा बढी कार्यपत्रहरु प्रस्तुत हुनेछन् जसलाई १२ वटा Plenary Session मा संचालन गरिनेछ । सम्मेलनको समयमा विभिन्न देशहरुका विकास भएका जैविक प्रविधिको समिक्षा र अनुभवको आदान-प्रदान हुनेछ । नेपालले छिमेकी राष्ट्रहरु तथा बिकसिल राष्ट्रहरुमा जैविक प्रविधिको क्षेत्रमा भएको बिकासको बारेमा ज्ञान हासिल गर्ने अवसर प्राप्त गर्नेछ र त्यसवाट सम्मेलनमा सहभागी बैज्ञानिकहरुलाई प्रबिधि विकास मा थप उर्जा मिल्नेछ । यसका साथै जैविक प्रविधिको क्षेत्रमा सहभागी राष्ट्रहरु वीच सहयोगको आदान प्रदान गर्न उपयुक्त मंच समेत तयार हुने अपेक्षा गरिएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!