स्वास्थ्य

मास हिस्टेरिया भनेको के हो ?

मास हिस्टेरिया ! सामान्यतया मनोचिकित्सकहरुले कन्भर्सन डिसअर्डर भन्ने यो समस्या उत्पन्न हुँदा काम्ने, चिच्याउने, कराउने, ढल्ने, वेहोस हुने, हातखुट्टा झट्कार्ने, बर्बराउने, श्वास फेर्न गाह्रो हुने, आत्तिने लक्षणहरु देखाउने गर्छन् । ‘मास हिस्टेरिया समुहमा पहिला एकजनालाई सुरु हुन्छ । उसको अवस्था देखेपछि त्यो अवस्थाबाट प्रभावित भएर संगै रहेका अरु मानिसमा एक प्रकारको डर पैदा हुन्छ अनि एक पछि अर्कोमा पनि यस्तै लक्षण देखा पर्न थाल्छ । जसलाई मास हिस्टेरिया भनिन्छ । विद्यालय तथा छात्रावास जस्ता समूहगत रूपमा किशोर-किशोरी रहने स्थानमा बेलाबेलामा मास हिस्टेरिया भेटिन्छ ।

हिस्टेरियाको लक्षण कुनै समुदाय, परिवार, गाउँ, स्कुल, कलेज तथा अन्य ठाउँहरूमा एकैपटक धेरै जनामा देखिन्छ भने त्यो मास हिस्टेरिया हो । मानिसको पीडादायी भावना वा तनाव शारीरिक लक्षणका रुपमा परिणत हुने भएकाले कन्भर्सन डिसअर्डर भनिएको हो । मानिस वा मानिसको समूहलाई कुनै कुराप्रति अत्यधिक डर वा अति तनाव वा रिस भयो र त्यसलाई थेग्ने मानसिक क्षमता भएन भने एकाएक यो मास हिस्टेरियाका लक्षण देखिन थाल्छन्, मानिसहरू एकासाथ हल्लिने, चिच्च्याउने, कराउने, हातखुट्टा फाल्ने, मनपरी बोल्ने, ज्यादै उत्तेजित हुने तथा बेहोस हुने गर्दछन् ।

यो पनि पढ्नुहोस्

हिस्टेरिया र यसको कारणहरु

हिस्टेरियाको लक्षण, उपचार तथा रोकथाम

हाइपोटेन्सन र यसको उपचार

नाथ्रो फुट्ने रोग र यसको उपचार

मिर्गौलाको पत्थरी फाल्ने घरेलु उपाय

कम्मर दुख्दा गर्नुपर्ने योग आसनहरू

नसा च्यापिने समस्या र यसको उपचार

मास हिस्टेरिया पैदा हुने प्रमख कारण अत्यधिक डर, क्रोध, तनाव, उपेक्षा तथा अति यौन उत्तेजना पनि हो । मनोचिकित्सकहरुका अनुसार मनमा रहेको आन्तरिक पीडाहरु विभिन्न लक्षणका रुपमा देखिने रोगलाई कन्भर्सन डिस्अर्डर अर्थात मास हिस्टेरिया भनिन्छ । मनभित्रका अनेक पीडाहरु एकाएक शारीरिक लक्षणका रुपमा देखाउदा सध्देलाई अनौठो लाग्न पुग्छ । हिस्टेरिया आफैमा अनौठो रोग मानिन्छ । हिस्टेरिया वा मास हिस्टेरिया भएका बिरामीले केहि घण्टासम्म अनौठो लक्षण देखाएको केही घण्टामा होसमा फर्किन्छ ।

मनोवैज्ञानिक भाषामा भन्ने हो भने यो अवचेतन मनको नाटक हो, तर यो नाटक मानिसको नियन्त्रणमा हुँदैन । तर कतिपयले भने आफ्नो स्वार्थपूर्तिका लागि देखावटी पनि गर्ने गर्दछन् र देवता वा कुल उत्रिएको देखाउन जानीजानी हिस्टेरियाको नक्कल गर्न थाल्छन् । यो रोग प्रायः महिलाहरूलाई हुने भए तापनि पुरुषहरूलाई पनि यो रोग लाग्ने गर्दछ । तर, १२ देखि ३५ वर्षका महिला नै बढी मात्रामा यो रोगको सिकार हुने गर्दछन् ।

Like & Follow us on Facebook

गाउघरमा मास हिस्टेरिया भएका विरामीको उपचार वा झारफुक गर्न धामीझाँक्री पनि लगाउने गरिन्छ । धामी झाक्रीले बोक्सी लागेको, शरीरमा प्रेतआत्मा पसेको वा कुनै देउता लागेको भन्दै शरीरबाट कुचोले, सिस्नुले पिट्नेदेखि आगोले झोस्ने चलन अझै हराएको छैन । यता चिकित्सा विज्ञानले हिस्टेरिया वा मास हिस्टेरिया मानिसमा बिभिन्न कारणले हुने भनेर प्रमाणित गरेको छ । विषेशगरी मनको आन्तरिक अन्तरद्वन्दका कारण हिस्टेरिया हुने गरेको चिकित्सा विज्ञानले प्रमाणित गरेको छ ।

मास हिस्टेरिया भएमा बिरामीले देखाउने अनौठा अनौठा लक्षणलाई एकाग्र भएर ध्यान दिन नहुने चिकित्सकहरुले सुझाव दिने गरेका छन् । विरामीप्रति बढी ध्यान दिएमा एक पछि अर्को लक्षणसहित झन् विरामी पर्ने हुनाले उसले पत्याउने, मान्ने, वा उसले आदर्श मानेका व्यक्तिको मुखबाट ‘तिमिलाई केही भएको छैन । ठीकै छौ । यसरी आत्तिनु, बेहोस हुनु, कराउनु चिच्याउनु ठीक होइन’ भनेर विश्वस्त तुल्याउनु जरुरी रहेको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!