धर्म-सस्कृति

श्रीकृष्णको वर्ण किन निलो थियो ?

श्रीकृष्ण हिन्दू धर्मशास्त्रका अनुसार भगवान विष्णुको १० मुख्य अवतारहरूमध्यको एक अवतार मानिन्छन् । भगवान श्री कृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो । श्रीकृष्णलाई जन्मिएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छोडेका थिए। त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकोले उनलाई गोपाल तथा नन्दलाल नामले पनि चिनिन्छ ।

कृष्णको प्रत्येक छविमा निलो रंग अवश्य देखिन्छ । भनिन्छ, उनको वर्ण निलो थियो । एक व्यक्तिको रुपमा उनीसँग किन यो निलो रंग जोडिन्छ ? यो रंगको विशेषता के छ ? जान्नुहोस् । तपाईलाई थाहा छ, यो संसारको जुनसुकै चीज पनि तपाईको सोच बाहिर छ , विशाल छ । त्यस्तै यो निलो रंगको अर्थ पनि विशाल बन्न आउँछ । निलो छ, चाहे त्यो आकाश होस् वा समुन्द्र । अनि त्यसैगरी, श्री कृष्ण भगवानको निलो छवि पनि विशाल छ, सोच बाहिर छ ।

भगवान कृष्णको शरीरको रंग निलो मानिन्छ । यसको अर्थ उनको छालाको रंग निलो थियो भन्ने होइन । जो व्यक्ति जागरुक थियो, उनलाई आफ्नो ऊर्जाको निलोपनले देखे र उनको वर्णन निलो वर्णको रुपमा गरियो । कृष्णको स्वाभाव नै यस्तो थियो कि उनी सबैलाई एकसाथ अघि बढाउन चाहान्थे । उनी विशाल थिए । श्रीकृष्णको प्रभावमंडलको सबैभन्दा बाहिरी आवरण नै निलो थियो भन्न सकिन्छ, त्यसैले उनमा गज्जबको आकर्षण थियो । यो गज्जबको आकर्षणको कारण उनको पातलो नाक वा सुन्दर आँखा हुँदै होइन ।

राम्रो कद, कपाल, शरीर भएको एउटा पुरुषमा त्यो आकर्षण गर्ने क्षमता हुँदैन, जसमा जो कोही लठ्ठिनन् । कृष्णमा देखिएको निलोपन अथवा भनौँ सबैलाई सम्मोहित गर्ने क्षमता यस्तो थियो कि उनको दुश्मन पनि हार मान्न तयार हुन्थे । जुन क्षमतालाई निलो वर्णको रुपमा वर्णन गरिन्छ ।

यो पनि पढ्नुहोस्

यस्तो छ सवैले एकपटक पढ्नैपर्ने गीताको सार

श्रीकृष्ण र गीता धर्म

गीतामा भगवान् कृष्णको वाणी

के हो श्रीमद्भगवद गीता ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!