खानपानस्वास्थ्य

भेण्टा खानुका फाइदाहरू

भेण्टा सवैभन्दा स्वादिष्ट सब्जीभित्र पर्दछ । सवैभन्दा मनपर्ने तरकारी मेरो भेण्टा भन्दा खासै फरक पर्दैन । भेण्टा स्वादिष्ट हुनुको साथै स्वास्थ्यवर्धक पनि हुन्छ । अन्य सब्जीको सट्टामा भेण्टाको स्वाद धेरै फरक हुन्छ । भारतीय परिवारमा भेण्टाबाट बनेको भएतापनि निकै लोकप्रिय छ । भेण्टामा प्रशस्त मात्रामा निकोटिन हुने हुनाले हाम्रो शरीरलाई खासै नोक्सान गर्दैन ।

भेण्टामा पाइने पोषकतत्व भिटामिन B6, फाइबर, पोटेशियम, एंटीओक्सिडेंट, भिटामिन ‘सि’ प्रशस्त पाइन्छ । जाडो मौसममा भिटामिन सीयुक्त फलफूल कम खाने हुनाले यसको आपूर्ति भेण्टाले गरेको हुन्छ । रोगसंग लड्न अन्य भिटामिन जस्तै भिटामिन ‘सि’ को महत्वपूर्ण भुमिका रहेको हुन्छ ।

भेण्टाको प्रयोगबाट हुने फाइदाहरु

१. भेण्टाको नियमित सेवनले मुटुको समस्या हल गर्छ । भेण्टामा पाइने पोटेशियम, फाइबर,भिटामिनले हृदयलाई बलियो बनाउदछ ।

२. ब्लडप्रेशर कंट्रोल गर्न भेण्टामा पाइने पोटेशियमले ब्लडप्रेशर कंट्रोल गर्न राम्रो भुमिका खेलेको हुन्छ ।

३. कैंसर जस्तो खतरनाक रोग भेण्टाको सेवनले रोक्छ भन्दा पत्यार नहुन सक्छ तर भेण्टामा हुने फाइबर र एंटीअक्सिडेंट भएको हुनाले मानिसको शरीरलाई यस्ता खालका रोगबाट बचाउने गर्दछ ।

४. भेण्टामा कम मात्रामा क्यालोरी हुनाले मोटोपना रोक्दछ ।

५. भेण्टामा कार्बोहाइड्रेट र फाइबर अधिक हुने हुनाले ब्लडशुगर कंट्रोल गर्ने काममा भेण्टाले राम्रो भुमिका खेलेको हुन्छ । ब्लड सुगर कंट्रोल गर्नमा फाइबरको राम्रो भुमिका छ ।

६. कोलेस्ट्रोल कन्ट्रोल गर्नमा भेण्टामा पाइने एंटीऑक्सीडेंटले ठूलो भुमिका खेलेको हुन्छ । खाना पचाउनमा फाइबरको राम्रो भुमिका छ ।

७. सिगरेटको तलतल मेटाउन भेण्टामा पाइने निकोटिनले ठूलो भुमिका खेल्न सक्छ । शरीरमा निकोटिन भएमा सिगरेट र गुट्का खान मन नलाग्ने हुन सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

किन आवश्यक छ प्रोटिन शरीरलाई ?

टुसा पलाएका गेडागुडीमा भिटामिन बढी किन हुन्छ ?

शरीरमा प्रोटिन कम हुँदा के के हुन्छ ?

बुद्धि बढाउने खाद्यान्न तथा फलफूलहरू के के हुन् ?नसा च्यापिने समस्या र यसको उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!