खानपानहेल्थ टिप्स

हरियो खुर्सानी खानुका फाइदाहरू

हरियो खुर्सानी खानुका फाइदाहरू ! खुर्सानीमा हुने ‘क्याप्सासिन’ नामक रासायनिक पदार्थको कारणले नै हामीलाई पिरो स्वादको अनुभूति गराउँछ । खुर्सानी भनेपछि धेरैको जिब्रो रसाउँछ । खुर्सानी खाँदाको पिरोले जिब्रोको स्वाद फरक सिसिमको हुन्छ । आम नेपालीले खुर्सानी स्वादका लागि खाने गर्दछन् । खुर्सानी धेरै थरीका हुन्छन् । नेपालमा पाईने मूख्यतया जिरे, डल्ले, अकबरे आदि किसिमका खुर्सानी पाइन्छन् । कतिपय खुर्सानी अत्याधिक पिरो खालका हुन्छन् भने कतिपय कम । सानो भएपनि जिरे खुर्सानी, अकबरे खुर्सानी बढि पिरा मान्छिन् ।

हरियो खुर्सानीमा भिटामिन ए, बी ६, सी, के, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेट जस्ता धेरै प्रकारका पोषक तत्वहरु पाइन्छ । साथै यसमा बिटा क्यारोटीन, क्रिप्टोक्सान्थिन, लुटेन–जकक्सन्थिन आदि स्वास्थ्यवर्धक गुणहरु पनि हुने गर्छ । तर, हालै अमेरिकाको मेडिकल अफ फुडले गरेको एक अध्ययनमा हरियो खुर्सानी खानाले स्वास्थ्य सम्बन्धी समस्याहरुबाट छुट्कारा पाउन सकिने जनाएको छ । मानव स्वास्थ्यमा हरियो खुर्सानी खानुका फाइदाहरू निम्न अनुसार छन् ।

१. हरियो खुर्सानीमा भिटामिन सी पर्याप्त मात्रामा हुन्छ । भिटामिन सीले अरु भिटामिनलाई शरीरमा राम्ररी पचाउन सघाउँछ ।

२. यो एन्टी–अक्सिीडेन्टको राम्रो माध्यम हो । हरियो खुर्सानीमा डाइट्री फाइबर्स प्रचुर मात्रामा हुन्छ । जसले पाचन क्रिया सुचारु गर्न मद्दत पुर्याउँछ ।

३. भिटामिन ए भरपूर भएको हरियो खुर्सानीले आँखा तेजिलो र छाला चम्किलो बनाउँछ ।

४. कति अध्ययनले हरियो खुर्सानीले ब्लड सुगर कम गर्ने पत्ता लगाएका छन् ।

५. हरियोे खुर्सानीले मस्तिष्कमा एन्डोर्फिनको क्रियालाई सुचारु गराउँछ जसले हाम्रो मूड धेरै समयसम्म ठिक र प्रसन्न रहन्छ ।

६. फोक्सोको क्यान्सरबाट बचाउनमा हरियो खुर्सानीको सेवन गर्नाले फाइदाजनक हुन्छ ।

७. हरियोे खुर्सानीमा एन्टी–व्याक्टेरियल गुण हुन्छ , जसले गर्दा शरीर व्याक्टेरियारहित हुन्छ र यसले इम्यून सिस्टमलाई पनि बलियो बनाई राख्नमा मद्दत गर्छ ।

८. हरियो खुर्सानीमा क्याप्साइसिन नामक एक तत्व पाइन्छ जो प्रोस्ट्रेट क्यान्सरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ ।

९. यसमा रहेको तत्वले छाला सफा बनिरहन्छ । डन्डीफोर आउन दिँदैन ।

१०. महिलाहरुका लागि हरियो खुर्सानी उनीहरुको हतियार हुन सक्छ । यसमा भरपूर मात्रामा आइरन पाइने गर्दछ जसले हड्डीलाई बलियो बनाउने गर्दछ र रगतलाई पनि बढाउने गर्दछ ।

११. यदि तपाईं खानेकुरामा निकै सोच्ने गर्नुहुन्छ र सधैँ कम क्यालरीको खाना खानुहुन्छ भने तपाईंको लागि हरियो खुर्सानी राम्रो विकल्प हुनसक्छ । हरियो खुर्सानीमा क्यालरी हुँदैन त्यसकारण यदि तपाईं डाइटिङ गरिरहनुभएको छ भने हरियो खुर्सानी तपाईंको लागि निकै लाभदायक हुन्छ ।

१२. त्यस्तै अन्य फाइदाहरूमा रगतमा चिनीको मात्रा घटाउछ । पिसावको विरामी लाई लाभदायक छ । हाडजोर्नी लगाएतका दुखाइ घटाउछ । विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । साथै थकाइ पनि मेटाउछ ।

*रातो र धुलो खुर्सानी भने स्वास्थ्यका लागि हानी गर्ने चिकित्सकहरु बताउँछन् ।

यो पनि पढ्नुहोस् 

 खोर्सानीका फाइदाहरु

जाडोमा अकबरे खुर्सानी खानुका फाइदाहरु

सिस्नु खानुका फाइदै फाइदाहरु

तिते करेला खानुका फाइदाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!