खानपानहेल्थ टिप्स

हाडे बदाम खानुका फाइदाहरू

हाडे बदाम खानुका फाइदाहरू । हामीले के खाने के नखाने भन्नेबारे आवश्यक जानकारी नहुनाले हाम्रो स्वास्थ्यमा पनि ठूलो असर परेको देखिन्छ । आज यस्ता अनेकौं पौष्टिकतत्व भएका फलफूलहरू छन् तर हामीले सेवन गर्न र यसका फाइदा के के छन् भन्नेबारे जानकारी नहुनाले फाइदा लिन सकेका छैनौं । आज मैले हाडे बदामको बारेमा प्रकाश पार्ने जमर्को गर्दैछु ।

फाइदाहरू

१. दैनिक बदाम खानाले शरीरको प्रतिरोधक क्षमतामा बृद्धी गर्छ । यदी बदामको सेवन दैनिक गर्नाले दिनभर शक्ति र उर्जा दिन्छ ।

२. बदाममा प्रसस्त पोषकतत्व पाइन्छ, जसले स्मरणशक्ति बढाउन र मष्तिष्कको विकासको लागि फाइदाजनक हुन्छ । बदाम बढिरहेका बच्चाहरूका लागि निकै लाभदायक हुन्छ । बदाममा म्याग्नेसियम पनि हुन्छ, जसले हृदयघात रोक्न मद्दत गर्छ ।

३. बदाम खानाले शरिरको भाइरस संक्रमण तथा फ्लूसँग लड्न मद्धत गर्छ । बदामको बाहिरी भागमा प्राकृतिक रूपमा नै रोगप्रतिरोधी क्षमताको विकास गर्ने रसायन पाइन्छ । बदामको बाहिरी भागसंगै बदाम खानाले सेतो रक्तकोषिकाको वृद्धि हुन्छ ।

४. बदाम एलडीएल कोलस्टोरेललाई कम गर्छ । यसमा रहेको मोनोस्याचुरेटेड फ्याट मुटुको बिमारीलाई कम गर्नमा राम्रो भुमिका खेल्दछ । बदाममा रहेको भिटामिन ई पाइने एण्टी-अक्सिडेन्ट गुणका कारण यसको सेवनले एलडिएल कोलेस्टेरोलको स्तर घट्छ र मुटुको रोग हुने खतरा कम हुन्छ ।

५. बदाममा प्रोटिनको मात्रा अधिक हुन्छ । प्रोटीनको आवश्यक पुरा गर्न नित्य बदामको सेवन गर्नाले राम्रो फाइदा हुनेछ ।

६. बदामको नियमित सेवन गर्नाले सेक्स कमजोर हटाउन समेत राम्रो काम गर्दछ । सेक्स पावर बढाउन औषधि होइन बदाम खाउ भन्ने हाम्रो आग्रह छ ।

७. महिलाहरूमा सेक्स चाहना कम हुने भएमा नित्य दुधसंग बदाम दिनाले सेक्स इच्छा जगाउदछ । आजकल अधिकांश महिलाहरूमा यो समस्या देखिन थालेको गुनासाहरू सुनिन थालेको छ ।

८. यो बच्चा युवा बुढा सबैले खान सक्ने पौष्टक फल हो । बदामको फाइदा लिन बोक्रा नफाली खानुपर्छ । यसको बाहिर कडा खालको बोक्रा हुन्छ त्यो खानुस भनेको होइन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

किन आवश्यक छ प्रोटिन शरीरलाई ?

टुसा पलाएका गेडागुडीमा भिटामिन बढी किन हुन्छ ?

शरीरमा प्रोटिन कम हुँदा के के हुन्छ ?

बुद्धि बढाउने खाद्यान्न तथा फलफूलहरू के के हुन् ?नसा च्यापिने समस्या र यसको उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!