खानपान

मांशाहार र भोकमरी समस्याको सम्वन्ध

मांशाहार र भोकमरी समस्याको सम्वन्ध । संसारभरका सात सय ३० करोड मानिसहरु मध्ये केवल ५०–६० करोड मात्र शाकाहारी छन् । चार्टवीन नामक वेवसाइटले दर्शाए अनुरुप सन् २००९ सम्मको तथ्याङ्कलाई हेर्दा संसारभर मासुको प्रति व्यक्ति खपत ४१.९० किलोग्राम प्रतिवर्ष रहेको छ जसमा नेपालीको औषत खपत ९.९ किलोग्राम प्रतिवर्ष छ भने सवैभन्दा धेरै १२०.२ के.जी प्रतिवर्ष र खपत संयुक्त राज्य अमेरीकामा र सवैभन्दा कम खपत ४.४ के.जी प्रति व्यक्ति प्रतिवर्ष भारतमा छ । तर यो तथ्याङ्क विस्तारै बढीरहेको छ जसमा १२६ कि.ग्रा. प्रति व्यक्ति प्रति वर्ष पु~याएर सन् २०११ मा न्यूजिल्याण्ड यस अग्रपंक्तिमा थियो । त्यसैगरी संसारभर प्रति वर्ष औषतन् ७२,७०,५२,०१२।०० (बहत्तर करोड, सत्तरीलाख, बाउन्न हजार बाह्र) टन मासु उत्पादन हुने गरेको छ । मासु उत्पादन गर्नेमा चाइना सवैभन्दा अग्रपंक्तिमा छ । जसले ८,०९,७०,६२७।०० (आठ करोड, नौ लाख सत्तरी हजार छ सय सत्ताईस टन मासु प्रतिवर्ष उत्पादन गर्दछ भने सवै भन्दा कम ६ टन मासु उत्पादन गर्ने देश ‘सेन्ट पियारे मीक्यूलोन’ हो जवकी हाम्रो देश नेपालले प्रति वर्ष ३,२८,६२५।०० (तीन लाख २८ हजार छ सय पच्चिस) टन मासु उत्पादन गर्दछ । यो परिमाण सन् २०५० सम्म डबल हुने अनुमान लगाईएको छ ।

यसरी संसारको मांशाहार प्रति बढ्दो मोहलाई दृष्टिगत गर्दा आउँदो समयमा सस्तो खानुकुराको जमाना सकिएझैं लाग्दछ । किनकी मांशाहार महँगो खानेकुरा हो । संयुक्त राष्ट्रसँगैले सार्वजनिक गरेको तथ्याड्ड अनुरूप प्रतिदिन २१००० व्यक्तिहरु भोकमरी र भोकसँग सम्बन्धित कारणहरुले मर्दछन् र यसै अनुपातमा यो संख्या प्रतिवर्ष ७६ लाख पैसठ्ठी हजारको हुन पुग्छ । यसै गरी संसार भर भोकसँग जुझिरहेका र दुई छाक राम्ररी खान नपाउनेहरुको संख्या लगभग ८७ करोड (८७० मिलियन) रहेको र यो विषम परिस्थितीकोे कारण मांशाहारसँग सम्बन्धित छ । किनकी व्यवसायिक मासु उत्पादनमा ठूलो परिमाणमा पशुलाई अन्न खुवाएर माशु प्राप्त गर्ने गरिन्छ । ‘सोया प्रोटीन एण्ड फर्मेन्टेड मीट प्रोडक्ट’ नामक पुस्तकमा भनिए मुताविक एक के.जी गाईको मासु उत्पादन गर्नलाई ७ किलो अन्न, १ किलो सुगुरको मासु उत्पादन गर्न ४ किलो अन्न, १ के.जी कुखुराको मासु उत्पादन गर्न २.२ के.जी अन्न र १ के.जी माछा उत्पादन गर्नलाई १.२ किलोग्राम अन्न खुवाउनु पर्दछ ।

विकसित देशमा ७०% अनाज केवल पशु पंक्षी जनावरलाई खुवाएर मासु उत्पादन गर्नको लागि खर्च हुने गर्दछ भने विकास सिल देशमा यो आँकडा ४०%को छ । यस्तो परीप्रेक्षमा संसारमा प्रतिवर्ष उत्पादीत ७२ करोड ७० लाख ५२ हजार १२ टन मासु उत्पादन गर्न कति अन्न लाग्छ र त्यो अन्नको १०% हिस्सा मात्र भोकमरी ग्रसीतजनहरु सम्म पु~याउन सके आजको भोकमरीको समस्या तत्काल हल हुन सक्छ । ३२ करोड जनसंख्या भएको संयुक्त राज्य अमेरिकाले मात्र शाकाहारी भईदिएर जनावरलाई खुवाउने खाना मान्छेलाई खुवाउने हो भने ८० करोड (८०० मिलियन) अन्य व्यक्तिहरुलाई खुवाउन सक्छ ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस् 

क्यान्सर लाग्न नै नदिने फलफुल र तरकारीहरु

विषाक्त फलफूल र तरकारीलाई विषरहित बनाउने तरिका

कागती पानी पिउनुका फाइदाहारू

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!