स्वास्थ्य

रक्तचाप र यसका श्रेणीहरु

डा. हेमराज कोइराला
डा. हेमराज कोइराला

रक्त नलीमा रगत बग्दा रगतद्वारा रक्तनलीहरूको भित्तामा दिइएको दवाब (चाप) लाई रक्तचाप भनिन्छ । यो चाप मुटु खुम्चिएर रक्तनलीमा धेरै रगत प्रवाह हुँदा धेरै र मुटु फैलिएर विश्राम गर्दा कम हुने गर्दछ जसलाई क्रमशः सिस्टोलिक र डाएस्टोलिक रक्तचाप भन्निछ ।

क्रियात्मक रूपले स्वास्थ्थ व्यक्तिमा सिस्टोलीक ९० – १२० एम्.एम्.एच्.जी. र डाएस्टोलीक ६० – ८० एम्.एम्.एच्.जीलाई सामान्य रक्तचाप मानिन्छ ।

यदि रक्तचापले यी मानबिन्दुुहरु नाघेर तल झरी सिस्टोलकि ९० एम्.एम्.एच्.जी. र डाएस्टोलिक ६० एम्.एम्.एच्.जी भन्दा कम भएको अवस्थालाई निम्न रक्तचाप भनिन्छ ।

सिस्टोलीक रक्तचाप बढेर १२०– १३९ एम्.एम्.एच्.जी र डाएस्टोलिक रक्तचाप बढेर ८०– ८९ एम्.एम्.एच्.जीसम्म पगुे यसलाई पुर्व उच्च रक्तचाप (रक्तचापको शुरुवाती अवस्था) भनिन्छ ।

तर यदि रक्तचापले यी मानबिन्दुहरु पनि नाघेर उभो लागे भने यस्तो अवस्थालाई उच्च रक्तचाप भनिन्छ ।

रक्तचाप

रक्तचापका श्रेणीहरु

उच्च रक्तचापको अवस्थालाई पनि प्रथम द्वितीय र तृतीय गरी तीन श्रेणीमा विभक्त गरिएको छ ।

सिस्टोलीक १४०– १५९ र डाएस्टोलिक ९०– ९९ एम्.एम्.एच्.जी भित्र भए प्रथम श्रेणीको रक्तचाप मानिन्छ ।

सिस्टोलीक १६० – १८९ र डाएस्टोलिक १००– १०९ एम्.एम्.एच्.जी भित्रभए द्वितीय श्रेणीको रक्तचाप मानिन्छ ।

तर यदि रक्तचाप अझै बढ्दै गएर सिस्टोलीक १८० र डाएस्टोलिक ११० एम्.एम्.एच्.जी भन्दा माथि भए तृतीय श्रेणीको उच्च रक्तचाप भएको मानिन्छ ।

उच्च रक्तचापले कुनै पनि लक्षण नदेखाइकनै विरामीका प्रमुख अंगहरु मुटु, मिर्गौला, आँखा, दिमाग आदिलाई क्रमिक रुपले खतम पार्दै लान्छ र विरामीलाई मृत्युको मुखमा पुयाउँदछ । यसै कारण उच्च रक्तचापलाई सुषुप्त हत्याराको संज्ञा दिइएको छ । उच्च रक्तचापको नियन्त्रण गर्न सके ठूलो खतराबाट जोगिन सकिन्छ र नियन्त्रणको पहिलो आयाम भनेकै रक्तचाप जचाउनु हो । रगत जचाई सकेपछि आफ्नो रक्तचापको स्तर (श्रेणी ) थाहा पाउनुहोस् र यथोचित उपचारको लागि मुटुरोग बिशेषज्ञलाई सम्पर्क गर्नुहोस।

*डा. हेमराज कोइराला योगी नरहरिनाथ योगा एण्ड नेचर केयर हस्पिटल भरतपुर, चितवनमा कार्यरत योग तथा प्राकृतिक चिकित्सक
हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

कम्मर दुख्दा गर्नुपर्ने योग आसनहरू

नसा च्यापिने समस्या र यसको उपचार

मानिसको ब्यबहारवाट यसरी बुझ्नुहोस् उसको मनोवैज्ञानिक संकेत

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!