धर्म-सस्कृति

घरमा सुख शान्ति यस्तो पूजा विधि अपनाउनुहोस्

गीतामा भगवान श्रीकृष्णले पिपललाई आफ्नो एक रुप बताएका छन् । यसै कारण यो मान्यता छ कि पिपलको नियमित पूजा गर्नाले दरिद्रता भाग्छ । सुख, ऐश्वर्य प्राप्ति हुन्छ । त्यसैले पिपलको पूजा गर्नु राम्रो हुन्छ भनिएको छ । हामी भने पिपललाई भगवान् बिष्णुको रुपमा पुजा गर्ने गर्छौ । थाहा पाई राख्नुहोस् केही त्यस्ता उपायहरू । के तपाई घरमा सुख शान्ति ल्याउन चाहनुहुन्छ, यस्तो पूजा विधि अपनाउनुहोस् ।

१. जुन दिन पिपलको पूजा गर्नुछ त्यो दिन सूर्योदय हुनु भन्दा पहिले उठ्नुहोस र स्नान गर्नुहोस् । स्नान कार्य समाप्त भएपछि सफा सेतो कपडा लगाएर कुनै यस्तो ठाउँमा जानुहोस् जहाँ पिपल होस् । पीपलमा गाईको दूध, तिल र चन्दन मिलाएको पानी चढाउनुहोस् । जल चढाएपछि फूलप्रसाद चढाउनु होस् ।
धूपबत्ति बालेर दियो पनि सल्काउनुहोस् र बसेर यो मन्त्रमूलतो ब्रह्मरूपाय मध्यतो विष्णुरूपिणे । अग्रतः शिवरूपाय वृक्षराजाय ते नमः कमसेकम १०८ पटक पढ्नुहोस् यी उपायहरू अपनाउँदा घरमा सुख शान्ति आउँछ ।

२. ज्योतिषमा बताइएको छ कि पिपलको एक विरुवा लगाउनुहोस् र त्यसको रक्षा गर्नुहोस् जसले गर्दा तपाईंको कुण्डलीका सबै ग्रहदोष शान्त हुन्छ । जब-जब विरुवा बढ्दै जान्छ । तपाईको घरपरिवारमा सुख सम्वृद्धि बढ्दै जान्छ ।

३. यदि कोही व्यक्ति पिपलको बोटको तलतिर शिवलिङ्ग स्थापना गर्छ र नियमित रुपले त्यसको पूजा गर्छ उसका सबै समस्या समाप्त हुन्छन् । अशुभ समय विस्तारै-विस्तारै शुभ हुँदै जान्छ ।

४. शनि दोष, शनि साढेसाती र अढैया जस्ता अशुभ प्रभावलाई टाढा राख्न हरेक शनिबार पिपलमा पानी चढाउँदै ७ पटक परिक्रमा गर्नु शुभ र फलदायी मानिन्छ ।

५. साँझको समयमा पिपलको रुखमुनि दियो बाल्नु राम्रो हुन्छ । पिपलको रुखको मुनि बसेर हनुमान चालिसा पाठ गर्नाले छिट्टै तपाईंलाई शुभ फल प्राप्त हुन सक्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

घरमा सुख शान्ति ल्याउनका लागि अपनाउनुपर्ने उपायहरु

वास्तुशास्त्र अनुसार यी सामानहरु घरमा राखेमा हट्छ दरिद्रता

घरमा यी ४ चिजहरु भुलेर पनि नराख्नुस्, हुन्छ अशुभ

घरमा यी ५ चिजहरु पोखिनुलाई अशुभ मानिन्छ

तपाइँकाे घरमा यी ६ चीजहरु भएमा सधै हुनेछ सुख र समृद्धि

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!