खेलकुद

भुटानले फिफा वरियतामा नेपाललाई उछिन्यो

कात्तिक ४ । फिफाले सार्वजनिक गरेको यस महिनाको वरियतामा भुटानले फेरि नेपाललाई उछिनेको छ। भुटानले फिफा वरियतामा १० स्थान माथि उक्लिदै नेपाललाई आफूभन्दा तल पारेको हो। बिहीबार सार्वजनिक वरियतामा भुटानले १ सय ७९ स्थान ओगटेको छ । नेपाल भने गत महिनाकै स्थानमा छ।

नेपाल १ सय ८६ स्थानमा छ। २०६२–६३ तिर नेपाली फुटबलमा विवाद हुँदा भुटानले फिफा वरियतामा नेपाललाई उछिनेको थियो। दक्षिण एसियाली क्षेत्रमा भारतले पनि ठूलो फट््को मारेको छ। उसले ११ स्थानमाथि उक्लिदंै यो क्षेत्रको नम्बर १ टिम बन्न सफल भएको छ। भारतको अहिलेको वरियता १ सय ३७ हो।

उसले अफगानिस्तानलाई पछि पार्दै दक्षिण एसियाली क्षेत्रमा आफूलाई शीर्षस्थानमा राखेको छ। अफगानिस्तान पनि चार स्थानमाथि उक्लिएको छ। सार्वजनिक वरियतामा अफगानिस्तान १ सय ४० स्थानमा छ। तेस्रो स्थानमा माल्दिभ्स छ। ऊपनि सातौं स्थानमाथि उक्लिएको हो। माल्दिभ्स १ सय ५८ स्थानमा छ। पाँचौ स्थानमा नेपाल र छैटौं स्थानमा बंगलादेश छ।

बंगलादेश ३ स्थान तल झरेपछि वरियतामा नेपालभन्दा तल पर्न पुगेको हो। सातौं स्थानमा रहेको श्रीलंका पनि एक स्थान तल झरेको हो। श्रीलंको वरियता १ सय ९४ र पाकिस्तानको १ सय ९७ स्थान छ। पाकिस्तान पनि तीन स्थान तल झरेको हो। फिफा वरियतामा यो वर्ष पनि अर्जेन्टिना शीर्ष स्थानमा छ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!