मुख्य समाचार

भविष्यवाणी मिलाएपछि चिनियाँ बाँदर र भारतीय माछाको चौतर्फी चर्चा

एजेन्सी, २५ कात्तिक । भविष्यवाणी मिलाएपछि चिनियाँ बाँदर र भारतीय माछाको चौतर्फी चर्चा ।  अमेरिकाको राष्ट्रपति चुनावलाई लिएर भारतको माछा र चीनको बाँदरले भविष्यवाणी गरेका थिए जुन सही साबित भएको छ । उनीहरुले डोनाल्ड्र ट्रम्पले जित्ने संकेत दिएका थिए ।

चेन्नईको एक माछा चाणक्यले अमेरिकामा चलिरहेको चुनावी दौडमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले जीत हात पार्ने भविष्यवाणी गरेका थिए । माछाले आफ्नो भोजन ट्रम्पतिर भएको तस्बिरबाट खाएका थिए ।

यस पहिला पनि सन् २०१६ को युरो कप फुटबल प्रतियोगिताको विजयीबारे पनि सही भविष्यवाणी गरेका थिए । त्यस्तै चिनियाँ बाँदरले पनि चार दिन अधि डोनाल्ड ट्रम्पले जित्ने भविष्यवाणी गरेका थिए । चीनमा यस बाँदरलाई ‘देवदुतहरुको राजा’ को नामले चिनिने गरिन्छ ।

भविष्यवाणी मिलेपछि हाल भारतमा माछा र चीनमा बाँदरलाई लिएर ठुलो चर्चा समेत भएको छ ।

साभार: नेपालीपत्र

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!