स्वास्थ्यहेल्थ टिप्स

घिउकुमारीद्वारा एलर्जीको उपचार

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

एलोभेरा (घिउकुमारी) नचिन्ने शायद कोही नहुन सक्छ । आज मैले घिउकुमारीद्वारा एलर्जीको उपचार कसरी गर्ने भन्ने विषयमा प्रकाश पार्दै छु फाइदा उठाउन नभुल्नु होला । हामीले सानो गमलामा रोपेर पनि लाभ लिन सक्नेछौं ।

एलर्जी पूरै शरीरमा फैलिए घातक हुनसक्ने भएकाले तत्काल उपचार जरुरी छ । कतिपय एलर्जीको उपचार चिकित्सकबाटै गर्नुपर्ने हुन्छ भने कहिलेकाहीँ घरेलु सामग्रीको प्रयोगबाट पनि एलर्जीमुक्त हुन सकिन्छ । शरीरमा नकारात्मक असर नगर्ने त्यस्ता घरेलु ओखतीको प्रयोग गरी छालाको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

उपचार

घिउकुमारी छालासम्बन्धी समस्याका लागि रामवाण मानिन्छ । घिउकुमारीमा पाइने एन्टी फंगल तत्वले एलर्जीलाई पूर्ण रूपले नष्ट गर्छ । यसको लागि ताजा एलोभेरा जेललाई एलर्जीको वरिपरि लगाउनुपर्छ । त्यसलाई २० मिनेट जति त्यत्तिकै रहन दिएर सफा पानीले धुनुपर्छ । यसो गर्दा छालासम्बन्धी एलर्जी मात्र नभई अन्य रोगबाट समेत मुक्त हुन सकिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

औषधीको रुपमा घिउ कुमारीको प्रयोग

घ्युकुमारीको जुसका फाईदाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!