राष्ट्रिय समाचारसाहित्य-कला

तरकारीवालीलाई चलचित्र लम्फुमा अभिनयको अफर

काठमाडौं, २० कार्तिक। तरकारीवालीलाई चलचित्र लम्फुमा अभिनयको अफर ।  सामाजिक सञ्जालमा चर्चित बनेकी गोरखा भूम्लीचोककी कुसुम श्रेष्ठलाई पपुलर मल्टीमिडियाले बनाउन लागेको चलचित्र लम्फुका निर्देशकले अभिनय अफर गरेका हुन्।

‘हामीले उनलाई चलचित्रमा अभिनय र प्रवक्ताको लागि कुरा गरेका छौं’, चलचित्रका निर्देशक गोपालचन्द्र लामिछानेले भने, ‘ कुसुमजीसँगै कुरा भएको छ। उनि इच्छुक छन् घरमा सल्लाह गरेर कन्फर्म गर्ने भनेकी छन्।’ गोरखा निवासी श्रेष्ठले आफू फिल्ममा काम गर्न इच्छुक भएको बताइन्।

‘फिल्मको अफर आएको छ’, उनले नागरिकन्युजसँग भनिन्, ‘सोचेर निर्णय गर्छु।’ लम्फुका निर्देशकले अफर गरे पनि निर्णय गरिनसकेको उनले बताइन्। लामिछानेले यस अघि ‘किन लाग्छ माया’, ‘बोक्सी’, ‘द मिरर’ र ‘ओ माइ म्यान’को निर्देशन गरिसकेका छन्। पृथ्वीराजमार्गसँग जोडिएको चितवनको फिस्लिङ बजारपारि गोरखा, भुम्लिचोक–८ को पहाडी गाउँ वाङ्लिङ्की बासिन्दा श्रेष्ठको तस्बिरले इन्टरनेटमा धुम मच्चाएको छ।

चितवन रत्ननगरमा बसेर क्वेस्ट मोडल कलेजमा व्यवस्थापन विषय लिएर कक्षा ११ पढ्दै छन्। गाउँदेखि ट्याक्टरले ओसारे पनि त्रिशूली नदीमा बनेको झोलुंगे पुलतार्न टमाटार राखेको क्रेट बोक्नुपर्ने हुन्छ। कुसुमले टमाटरको क्रेट बोकेर पुलतर्दै गरेको फोटो त्रिशूलीमा र्‍याफ्टिङ सञ्चालन गर्ने एक कम्पनीमा कार्यरत काठमाडौंका रुपचन्द्र महर्जनले खिचेर कात्तिक १२ गते फेसबुकमा राखेका थिए। त्यही फोटोले फेसबुक, ट्विटरमा सनसनी मच्चायो। करोडौं सेयर भएको छ।

स्रोत : नागरिक न्युज

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!