मुख्य समाचार

एउटै मोटरमा दुई राष्ट्रपति

 एउटै मोटरमा दुई राष्ट्रपति ! भारतीय राष्ट्रपति प्रणव मुखर्जी बुधबार मध्यान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिए । त्यहाँ उनको स्वागतका लागि राष्ट्रपति विद्या भण्डारी नै पुगिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जी विमानस्थलको विशेष समारोहपछि दुई देशको झण्डा राखिएको एउटै मोटरमा राष्ट्रपति कार्यालय शीतल निवासतर्फ प्रस्थान गरे  । शीतल निवासमा दुई राष्ट्रपतिबीच भेटवार्ताको तय गरिएको थियो ।

दुई राष्ट्रपति विमानस्थलबाट तिनकुने, माइतिघर, जमल, लाजिम्पाट हुँदै शीतल निवास पुगेका थिए । तीन दिने नेपाल भ्रमणको सिलसिलामा मुखर्जी नेपाल आएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जी विमानस्थलको विशेष समारोहपछि एउटै मोटरमा राष्ट्रपति कार्यालय शीतल निवासतर्फ प्रस्थान गरेका तस्वीरहरु (तस्बिर: रोशन सापकोटा,रासस)

१. नयाँ बानेश्वर चोकदेखि अघि बढ्दै दुवै जना राष्ट्रपति चढेको सवारी

नयाँ-बानेश्वर-चोकदेखि-अघि-बढ्दै-दुवै-जना-राष्ट्रपति-चढेको-सवारी

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

२. गाडीको बायाँ साइडमा राष्ट्रपति विद्यादेबी भण्डारी देखिन्छिन् 

गाडीको बायाँ साइडमा राष्ट्रपति विद्यादेबी भण्डारी देखिन्छिन्

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

३. एउटै सवारीमा रहेका दुई राष्ट्रपति एकसाथ दायाँबायाँतर्फको ढोकाबाट शीतल निवासमा पुगेपछी उत्रिदै 

एउटै सवारीमा रहेका दुई राष्ट्रपति एकसाथ दायाँबायाँतर्फको ढोकाबाट शीतल निवासमा पुगेपछी उत्रिदै

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!