हेल्थ टिप्स

सधै जवान देखिने तरिकाहरु

सधै जवान देखिने  तरिकाहरु । सुन्दर र जवान हुने चाहना सबैलाई हुन्छ । आफ्नो जीवनशैलीलाई अलिकति मात्र परिवर्तन गर्न सकियो भने जवान र सुन्दर देखिन सकिन्छ । स्वस्थ खाना खाने हाम्रो शरीर र छालामा रहेका कोषिकाहरू पुरानो भएर मर्ने र नयाँ उत्पन्न हुने क्रम जारी रहिरहने गर्छ । नयाँ कोषिका बढी सिर्जना भयो भने छालाको चमक कायम रहन्छ । तसर्थ, छालामा चाउरी नपरोस् भन्नका लागि स्वस्थ र ताजा खाना खाने गर्नुपर्छ, जसले नयाँ कोषिका सिर्जना गर्न मद्दत गर्छ ।  मानिस जति उमेर ढल्कँदै जान्छ त्यत्ति नै आफूलाई जवानी देखियोस् भन्ने चाहान्छ । केही हदसम्म यो सम्भव पनि छ । तर, केही तरिकाहरु अपनाउनु आवश्यक छ ।

सन्तुलित भोजन गर्ने

सधै जवान देखिन खानपानमा ध्यान दिनु अत्यन्तै आवश्यक छ ।  मासु खाए पनि हरियो सागपात र ताजा फलफूल पनि सन्तुलित रूपमा खानुपर्छ । यस्ता खानाले शारीरिक सन्तुलन मिलाउँछ ।  शाकाहारी भोजन मुटुरोगका लागि फाइदाजनक हुन्छ । तर, नियन्त्रित रूपमा माछा–मासु खाएर पनि हानि गर्दैन । उच्च फाइबरयुक्त खानाले मुटुलाई फाइदा गर्छ । मदिराको सेवनलाई कम गर्नुपर्छ ।

प्रशस्त पानी पिउने

छालालाई स्वस्थ र जवान राख्न प्रशस्त पानी पिउनुपर्छ । शरीरमा पानीको मात्रा कम भयो भने छाला रुखो, सुखा र अनाकर्षक बन्न पुग्छ । छालाको सुन्दरतालाई कायम राख्न र उमेर ढल्किँदै गए पनि यसको चमक गुम्न नदिन प्रतिदिन तीनदेखि चार लिटर पानी पिउने गर्नुपर्छ । यसरी पानी पिउँनाले छालालाई खराब गर्ने टक्सिन, पसिना तथा पिसाबबाट बाहिर जाने गर्छ ।

हर्बल र ग्रिन टी रोज्ने

हर्बल र ग्रिन टीमा उच्च मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । यसले छालाको बुढ्यौली घटाउने गर्छ । यदि, कफी पिउने गर्नुभएको छ भने र उमेर घकिँदै जान थालेको छ भने तुरुन्तै हर्बल र ग्रिन टीमा आदत बसाइहाल्नुस् । कफी र अन्य क्याफिनयुक्त पेय पदार्थले शरीरलाई डिहाइड्रेट गराउँछ, जसकारण अनुहारको चमक हराउन पुग्छ । साथै, कफी खानाले मानसिक तनावसमेत बढ्छ, जसले छालालाई थप बिगार्ने गर्छ । कफी बढी खानाले शरीरमा पानीको मात्रा कम हुन्छ । त्यही भएर कफी बढी खाने मानिस चाँडै बुढोजस्तो देखिन थाल्छ, छाला चाउरिन थाल्छ ।

नियमित व्यायाम गर्ने

नियमित व्यायाम गर्दा पनि मानिसलाई बुढ्यौली देखिँदैन । व्यायाम गर्दा शरीरमा रक्तसञ्चार र श्वासप्रश्वास तीव्र हुने हुँदा शरीरमा अक्सिजनको इन्टेक बढ्दा छालालाई सुक्खा हुन अथवा चाउरी पर्न दिँदैन ।

तनावरहित जीवन बाँच्ने

 तनाव लिनाले शरीरका विभिन्न कोषिका नष्ट हुन्छन् । यस्ता कोषिका नष्ट भएमा छाला झोल्लिएजस्तो देखिने, दाग देखिने, चाउरी देखिने, छाला रुखासुखा हुने आदि हुन्छ । तसर्थ, ध्यान, योग, जगिङ, गार्डेनिङ, घरपालुवा जनावरसँगको घुलमिल, खेलकुद आदिले मानिसलाई तनावको मात्रा घटाउँछ, जसको सीधा असर पर्छ, छालाको सुन्दरतामा ।

म्वाइस्चराइजिङ क्रिम लगाउने

म्वाइस्चराइजिङ क्रिमले छालामा सुखापन आउन दिँदैन र यसको कान्तिलाई कायम राख्छ । जवान देखिने रहर हुनेले म्वाइस्चराइजिङ क्रिम जथाभावी लगाउनु हुँदैन । हातलाई तलबाट माथि गर्दै क्रिम दल्नाले छाला स्वस्थ देखिन्छ ।

क्लिजिङ गर्ने

आफ्नो दैनिकीमा क्लिजिङ मात्रै थप्ने हो भने पनि अनुहारमा चमक ल्याउन समय लाग्दैन । प्रतिदिन दुईपल्ट क्लिजिङ मात्रै गर्ने हो भने छालामा जमेको धुलो र फोहोर हटाएर स्वस्थ बनाउँछ ।

सनस्क्रिन क्रिम लगाउने

घरबाट निस्किनुअघि सनस्क्रिन सबैका लागि जरुरी हुन्छ । घामले महिला वा पुरुष नछुट्याउने भएकाले जवान र सुन्दर देखिन रहर गर्नेले सनस्क्रिन लगाउन भुल्न हुँदैन ।

यो पनि पढ्नुहोस्   

हरेक व्यक्तिले जान्नुपर्ने जीवन दर्शनका यथार्थ शिक्षाहरु

जीवन उपयोगी स्मरणीय तथ्यहरु

कपाल किन फुल्छ ?

स्वास्थ्य सम्वन्धी केही रोचक जानकारी

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!