मुख्य समाचार

धुर्मुस-सुन्तलीले ठड्याएको गिरानचौर एकीकृत नमूना बस्तीको तस्वीरहरु

धुर्मुस-सुन्तलीले ठड्याएको गिरानचौर एकीकृत नमूना बस्तीको तस्वीरहरु ! कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले नेतृत्व गरेको धुर्मुस-सुन्तली फाउन्डेसनले बनाएको गिरानचौर एकीकृत नमुना बस्ती स्थानीयलाई हस्तान्तरण भएको छ । मेलम्ची नगरपालिका-८ गिरानचौरमा बनेको सामुदायिक भवनसहित ६७ घरको बस्ती फाउन्डेसनको तर्फबाट एक कार्यक्रमबीच राष्ट्रपति विद्या भण्डारीले पीडितलाई हस्तान्तरण गरेकी छिन ।  कलाकार मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि हस्तान्तरण कार्यक्रममा उपस्थित थिए ।

तामाङ समुदायको यो बस्ती गत वर्ष वैशाख १२ को भूकम्पले ढालेको थियो । ६ महिनामै बस्ती निर्माण गरेर हस्तान्तरण गरिएको हो । जनस्तरबाट संकलित ५ करोड रुपैयाँ भन्दा बढीको लगानीमा यो बस्ती बनेको हो। एकै घरको लागत ८ लाख रुपैयाँभन्दा बढी छ । निलो रंगको जस्ताले छाइएको आधा सेतो र आधा रातो रंग पोतिएको बस्तीका घर चिटिक्क छन्। प्रत्येक घरको पछाडी लिची र अनारका दुई बोट रोपिएको छ। घरको आँगनमा फूलका दुईटै विरुवा रोपिएका छन्। प्रत्येक घरमा डेढ सय किलोवाटको सोलार प्यानल जडान गरिएको छ। सिँगो बस्तीमा बालबालिकालाई खेल्न बगैँचा र पिङसहितका सात चिल्ड्रेन पार्क छन्। आठवटा सार्वजनिक धारा र चारवटा सार्वजनक शौचालय बनाइएको छ। बस्तीको बीचमा भव्य सामुदायिक भवन छ। सोलारजडित, चिल्ड्रेन पार्क, पार्क, पार्किङ, सार्वजनिक धारा, शौचालय र फलफूल बगैँचाले सुसज्जित बस्ती ‘पाँचमैत्री’ (बाल, अपांग, वातावरण, भूकम्प र पहिरोमैत्री) समेत छ।

राष्ट्रको पुननिर्माणमा जुटौ
देश निर्माण तपाईं हाम्रो अभियान !

देशको पुननिर्माणमा खटिएका धुर्मुस सुन्तलीलाई सलाम !
धुर्मस–सुन्तलीलाई फाउन्डेशनलाई प्रोत्साहन गरौ ।

नागरिक न्युजवाट साभार गरिएका एकीकृत नमुना बस्तीको तस्बिरहरु हेरौँ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!