शास्त्र

सपनामा यी जनवारहरु देखेमा के हुन्छ ?

सपनामा यी जनवारहरु देखेमा के हुन्छ ? सपना एक सामान्य स्वभाविक प्रक्रिया हो । सबै मानिसले सपना देख्छन् । बच्चादेखि वृद्धसम्म सपना देख्ने हुन्छ । भनिन्छ सपनाले भावी दिनको संकेत गर्छ । सपनाको संसार ज्यादै नै रोचक हुन्छ। प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ। वैज्ञानिकहरु पनि सपनाले कुनै न कुनै कुराको संकेत गर्ने कुरासँग सहमत छन् । वैज्ञानिकहरुले सपनालाई अवचेतन मनको कल्पनाको रुपमा व्याख्या गर्छन् । सपनामा यी जनवारहरु देखेमा के हुन्छ ? यस बारेमा जानकारी बुझौ ।

१. सपनामा हात्ती देखेमा धन वा पुत्र लाभ हुन्छ ।

२. हात्तीमा बसेको देखेमा भूमीमा गाडिएको धन प्राप्त हुनसक्छ ।

३. सेतो रंगको हात्ती सपनामा देखेमा कल्याणकारी फल मिल्छ ।

४. सिंहमा चढेको देखेमा धन, बल, विर्य र शौर्यको वृद्धि हुन्छ ।

५. सपनामा उँट देखेमा अपार धन प्राप्ति हुन्छ ।

६. घोडा चढेको देखेमा ठूलो पद पाईन्छ । प्रमोशन हुन्छ ।

७. घोडी देखेमा राम्री श्रीमती प्राप्त हुन्छ ।

८. मोटो गाई वा गोरु देखेमा लाभ मिल्छ । सन्तान प्राप्ति हुन्छ ।

९. जरायो देखेमा चिताएको पुग्छ । उत्तम फल मिल्छ ।

१०. बाख्रा देखेमा उच्च फल प्राप्त हुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!