स्वास्थ्य

अरूचिका कारणहरु र उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हामीले खान लागेको भोजन यदि खान मन नलागेकोलाई अरूचि वा अंग्रेजीमा ‘एनोरेक्सिया’ (Anorexia) भन्दछन् । अरूचि भन्नाले खानामा रूचि नहुनु भोक नलाग्नुलाई भन्दछन् । आजकल मानिसहरू फास्ट फुडको कारणले पनि घरको खाना नरूचाएको हुन सक्छ ।

रोगको कारणहरु (Causes)

सामान्य रूपमा खान मन नलाग्ने प्रक्रियालाई अरूचि भनिन्छ । यस्तो हुनुको प्रमुख कारण यस्तो छ ।

१. हाइड्रोक्लोरिक एसिडको कमी-पुरानो आमासयको घाउ (गेस्ट्राइटिस) जब हाम्रो शरीरले हाइड्रोक्लोरिक एसिड कम मात्रामा बन्न थाल्दछ तब रोगीलाई खानामा अरूचि हुन थाल्दछ ।

२. मानसिक कारण- चिन्ता, भय, क्रोध, हिस्टेरिया, अनिन्द्राको कारणले पनि भोक नलाग्न सक्छ ।

३. शरीरमा आवश्यक भिटामिनको कमी भएमा पनि रूचि नहुन सक्छ ।

४. कब्जिएतको कारणले पनि रूचि नहुन सक्छ ।

५. आमासयको घाउ (पेप्टिक अल्सर) मा पनि अरूचि हुन सक्छ ।

उपचार

सामान्य उपचार र आवश्यक निर्देशन

१. चिन्ताबाट मुक्त हुने ।

२. रोगको प्रमुख कारणको उपचार गराउने ।

३. जुका चुर्णा जुकाको औषधि समय समयमा खाइरहने ।

४. खाना खानुपुर्व हल्का व्यायाम थोरै समय यताउता घुम्ने डुल्ने ।

५. के कस्तो खाना खान मन लाग्छ स्वास्थ्यलाई ध्यानमा राखेर खाना खाने ।

औषधि उपचार (Medicinal Treatment)

१. यदि अरूचि कुनै दिर्घकालिन रोगको कारणबाट नभएको भए निम्न औषधिले राम्रोसंग रूचि जगाउनेछ ।

क) साइप्रोहेप्टाडीन सिरप २ चमच २ पटक वा टेब्लेट १ गोली दिनमा २ पटक खान दिने ।

ख) लिभर टनिक जस्तै लिभोसेव, लिभ ५२ सिरप, एम्लिक्योर सिरप २ चमच दिनमा ३ पटक खान दिने रूचि बढाउछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढनुहोस्

मधुमेहको कारण, लक्षणहरु र उपचार

मलेरिया (Malaria) को कारण, लक्षण र उपचार

हिस्टरिया (Hysteria) को कारण, लक्षण र उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!