खानपानहेल्थ टिप्स

गहुको जमरा र यसको सेवनका फाइदाहरू

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

फाइबरयुक्त गुणका कारण पछिल्लो समय गहुको जमरालाई स्वास्थ्यकर खानाका रुपमा लिइन्छ । चिकित्सकहरुका अनुसार पोषकतत्वले भरिपूर्ण गहुँले मुटु रोग,पाचन प्रक्रिया, क्यान्सर तथा टाइप-२ मधुमेहको जोखिम कम गर्छ । चिकित्सकहरुका अनुसार मानिसका लागि गहुँ जति स्वस्थकर छ, उमारेको गहुँबाट बनेको जुस त्योभन्दा धेेरै फाइदाजनक छ । त्यसैले गहुँको जुस पृथ्वीकै सर्वोत्कृट स्वस्थ्यकर जुसमध्ये पर्छ ।

गहुको जमराको जुसको फाइदाहरू

जौका जमारामा जस्तो नभएपनि यसमा पनि भिटामिन, खनिज, एमिनोएसिड आदि पाइन्छ । यसले विभिन्न किसिमको भिटामिन प्रदान गर्छ । जमराले कलेजमा भएको विशाक्त पदार्थलाई हटाउँन र ठूलो आन्द्रा सफा गरी शरीरमा स्फुर्ति बढाउँन, पाचन शक्ति मजवुत् बनाउँन, रगत सफा राख्न मद्दत गर्छ ।

क्यान्सरको उपचार लगायत विभिन्न किसिमका भिटामिन, इन्जाइम, खनिज लगायत महत्वपूर्ण तत्व हुन्छ । रोग प्रतिरोध क्षमता बृद्धि गर्ने गुण र मासुभन्दा बढी प्रोटिन एवं शरीरमा चोटपटक लाग्दा छिटो निको गराउँने हुनाले मधुमेहीलाई फाइदा गर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

बैज्ञानिक दृटिकोणले जमराको महत्व

जमराको रसको फाइदा

गहुँको जमरा धेरै उपयोगी

के हो जमरा ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!